यस्तो छ १५३ किमी रेन्जसहित बजाज चेतककाे सबैभन्दा कम मूल्यकाे स्कुटर
बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३५ शृङ्खलाको सबैभन्दा...
भारतीय मोटरसाइकल बजार नयाँ जिएसटी २.० नियम लागू भएसँगै तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। अब मोटरसाइकलको मूल्य निर्धारणमा इन्जिन क्षमता प्रमुख आधार बनेको छ, जसले गर्दा कम्पनीहरूलाई आफ्नो मूल्य रणनीतिसँगै सम्पूर्ण उत्पादन योजनामै पुनर्विचार गर्न बाध्य बनाएको छ।
नयाँ कर संरचनाअनुसार ३५० सीसीसम्मका मोटरसाइकलमा १८ प्रतिशत मात्र जिएसटी लाग्ने व्यवस्था गरिएको छ। यसले यस सेग्मेन्टका बाइकहरूलाई पहिलेभन्दा धेरै किफायती बनाएको छ र ग्राहकहरूले तिर्ने अनरोड मूल्यमा उल्लेखनीय कमी आएको छ। यसको प्रत्यक्ष प्रभाव २५० सीसीदेखि ३५० सीसीसम्मको बाइकमा देखिएको छ ।
तर अर्कोतर्फ, ३५० सीसीभन्दा माथिका मोटरसाइकलमा अब ४० प्रतिशत कर लगाइँदैछ, जसले ठूला इन्जिन भएका बाइकहरूलाई निकै महँगो बनाएको छ। पहिले ग्राहकहरूले सहज रूपमा स्वीकार गर्ने मूल्य अन्तर अहिले निकै ठूलो बनेको छ। सुरुमा केही ब्रान्डहरूले मूल्य वृद्धि आफैंले व्यहोरे पनि अब दीर्घकालीन रूपमा त्यो सम्भव नभएकाले कम्पनीहरूले आफ्ना मोडेल र इन्जिन रणनीतिमा परिवर्तन गर्न थालेको छ ।
यही सन्दर्भमा बजाज अटोले नयाँ ३५० सीसी इन्जिन प्लेटफर्ममा काम गरिरहेको छ । बजाजले ४०० सीसी मोटरसाइकलमा निर्भर रहनुभन्दा इन्जिन क्षमता घटाएर कर लाभ उठाउने रणनीति बनाएको छ । रिपोर्टअनुसार बजाजले मे २०२६ सम्ममा ८ वटा नयाँ पल्सर मोडल लन्च गर्ने तयारी गरिरहेको छ।
बजाजले पूर्ण रूपमा नयाँ इन्जिन विकास गर्नुको सट्टा हाल प्रयोग भइरहेको ३७३ सीसी इन्जिनलाई परिमार्जन गर्ने सम्भावना छ। यसमा बोर घटाएर स्ट्रोक उही राख्ने योजना छ, जसले इन्जिन क्षमतालाई ३५० सीसीभन्दा तल झार्नेछ। यसले विकास लागत कम गर्ने मात्र होइन, मूल्य निर्धारणमा कम्पनीलाई थप लचिलो बनाउनेछ।
बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३५ शृङ्खलाको सबैभन्दा...
बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको...
बजाजले सन् २०२० मे मा दर्ता गरेको आवेदन अनुसार ‘ट्विनर’ ट्रेडमार्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...