भदौमा अर्को ४ सिटर ईभी सिटी कार भित्रिदै, नाडा अटो शोमा अवलोकन गर्न सकिने
काठमाडौं – नेपाली बजारमा अर्को सानो ईभी भित्रिने भएको छ । बेइजिङ अटोमोबाइल...
एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ जनवरी ६ मा लन्च गर्ने भएको छ । कम्पनीले सोशल मिडिया प्लेटफर्म मार्फत यसको जानकारी दिएको हो ।
कम्पनीले सो ई–स्कुटरको बुकिङ १९ डिसेम्बरदेखि २ हजार ५०० भारु मूल्यमा खुल्ला गरेको थियो । सो स्कुटरको डेलिभरी भने मार्चदेखि सुरु गर्न सक्ने अपेक्षा गरिएको छ ।
नयाँ ई–स्कुटर हालको मोडल ४५० एक्स जस्तै छ । सो स्कुटर कम्पनीको अन्य मोडल भन्दा बढी रेन्ज भएको स्कुटर हुने अपेक्षा गरिएको छ । नयाँ ई–स्कुटरले ओला एस१ प्रो स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।
सो स्कुटर एथर इनर्जीको सबैभन्दा छिटो स्कुटर मोडल हुने दाबी गरिएको छ । स्पीड बढाउन कम्पनीले ४५० एपेक्समा धेरै परिवर्तन गरेको छ । विशेष गरी यसको हार्डवेयरमा परिवर्तनहरू देखिनेछ । यस बाहेक स्कुटरका धेरै सफ्टवेयर पनि अपडेट गरिएको छ ।
सो स्कुटरमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल समावेश गरिएको छ, साथै ग्राफिक्समा धेरै परिवर्तन गरिएको छ । हाल कम्पनीले यसको चार्जिङ समय सुधार गर्नेमा विशेष ध्यान केन्द्रित गरिरहेको छ ।
काठमाडौं – नेपाली बजारमा अर्को सानो ईभी भित्रिने भएको छ । बेइजिङ अटोमोबाइल...
काठमाडौं–पछिल्ला केही वर्षयता नेपालको अटोमोबाइल बजारमा विशेष गरी...
अमेरिकामा फ्लाइङ कारले अनुमति पाएको छ । एलेफ एरोनटिक्सको कारलाई फ्लाइङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...