नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनो इन्डियाले आफ्नो लोकप्रिय एसयूभी रेनो डस्टरको तेस्रो जेनेरेसन मोडल भारतीय बजारमा सार्वजनिक गरेको छ। नयाँ डस्टरको सुरुआती एक्स-शोरूम मूल्य १० लाख २९ हजार भारतीय रुपैयाँ तोकिएको छ भने टप भेरिएन्टको मूल्य १८ लाख ४९ हजार रुपैयाँसम्म पुगेको छ।
कम्पनीले नयाँ डस्टरलाई आधुनिक प्लेटफर्ममा विकास गरेको छ, जसले डिजाइन, प्रविधि र कार्यसम्पादनमा उल्लेखनीय सुधार ल्याएको छ। यसपटक डस्टरमा पहिलोपटक स्ट्रङ हाइब्रिड सिस्टमसहित टर्बो पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध गराइएको छ।
सन् २०१२ मा पहिलोपटक सार्वजनिक भएको डस्टरले भारतमा कम्प्याक्ट एसयूभी सेग्मेन्टलाई लोकप्रिय बनाएको थियो। तर २०२२ मा यसको उत्पादन बन्द गरिएको थियो। अहिले करिब तीन वर्षपछि नयाँ डिजाइन र उन्नत प्रविधिसहित पुनः बजारमा फर्किएको हो। यसको बुकिङ सुरु भइसकेको छ। टर्बो पेट्रोल भेरियन्टको डेलिभरी अप्रिलबाट सुरु हुनेछ भने हाइब्रिड संस्करण २०२६ को फेस्टिभ सिजन आसपास उपलब्ध हुने अपेक्षा गरिएको छ।
नयाँ डस्टरको डिजाइन पहिलेभन्दा अझ मस्कुलर र अफरोड केन्द्रित देखिन्छ। अगाडिको भागमा वाई आकारको एलईडी हेडलाइट, ठूलो ग्रिल र ‘डस्टर’ ब्रान्डिङले यसलाई आक्रामक लुक दिएको छ। नयाँ डिजाइनको बम्पर, सिल्भर स्किड प्लेट र पिक्सेल-स्टाइल फगल्याम्प पनि दिइएको छ।
साइड प्रोफाइलमा १८ इन्चका अलोय ह्विल, थिक क्ल्याडिङ र स्क्वायर ह्विल आर्कले बलियो अफरोड अपिल दिन्छ। पछाडिको भागमा कनेक्टेड एलईडी टेलल्याम्प र स्किड प्लेट उपलब्ध छ। गाडीको लम्बाइ ४३४० एमएम राखिएको छ भने ५ र ७ सिटको विकल्प रहनेछ।
इन्टेरियरमा डबल-लेयर ड्यासबोर्ड र आधुनिक डिजाइन प्रयोग गरिएको छ। हायर भेरिएन्टमा ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ, जसमा गुगल ओएस सपोर्ट उपलब्ध हुनेछ।
यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र ६-स्पिकर आर्कामिस थ्रीडी साउन्ड सिस्टम जस्ता फिचर समावेश छन्। साथै ७०० लिटरको बुट स्पेस पनि उपलब्ध गराइएको छ।
सेफ्टीतर्फ नयाँ डस्टर निकै सशक्त देखिन्छ। यसमा ६ वटा एयरब्याग, ३१ स्ट्यान्डर्ड सेफ्टी फिचर र १७ एडभान्स्ड ड्राइभिङ असिस्ट सिस्टम (एडास) समावेश गरिएको छ। अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री क्यामेरा लगायतका सुविधा पनि उपलब्ध छन्।
नयाँ डस्टरमा तीनवटा इन्जिन विकल्प दिइएको छ। १.३ लिटर टर्बो पेट्रोल (माइल्ड हाइब्रिड) इन्जिनले १६० पीएस पावर र र २८० एनएम टर्क उत्पादन गर्छ। यसमा ६-स्पीड म्यानुअल र डीसीटी अटोमेटिक गियरबक्सको विकल्प छ।
अर्को १.० लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क दिनेछ, जसमा ६-स्पीड म्यानुअल ट्रान्समिसन उपलब्ध हुनेछ।
तेस्रो विकल्पका रूपमा १.८ लिटर स्ट्रङ हाइब्रिड इन्जिन दिइनेछ, जसमा १.४ किलाेवाट आवर ब्याट्री र इलेक्ट्रिक मोटर रहनेछ। यसले कुल १६० एचपी पावर उत्पादन गर्नेछ र ८-स्पीड डीएचटी ट्रान्समिसनसँग आउनेछ।
नयाँ डस्टरले भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टाेस, सुजुकी ग्रान्ड भिटारा र टाेयाेटा हाइराइडर जस्ता लोकप्रिय एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
समग्रमा, नयाँ डस्टर आधुनिक डिजाइन, हाइब्रिड प्रविधि र उन्नत सेफ्टी फिचरसहित पुनः बजारमा आएकोले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थपिने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...