भारतमा न्यू जेनेरेशन हुन्डाई आई २० सार्वजनिक, यस्तो छ इन्जिन देखि सेफ्टी फिचरसम्म

हुन्डाईले हिजो भारतमा नयाँ जेनेरेशनको आई २० सार्बजनिक गरेको छ । प्रिमियम ह्याचब्याक कारका रुपमा सार्बजनिक गरिएको नयाँ आई २० मा कम्पनीले डिजाइनदेखि इन्टेरियर र अन्य फिचर्समा समेत ब्यापक फेरबदल गरेको छ ।

थर्ड जेनेरेशन आई २० पहिलेको भन्दा केही ठुलो, फराकिलो र सेग्मेन्ट फर्स्ट फिचर्सबाट सुसज्जित रहेको कम्पनीले बताएको छ । नयाँ कारको मूल्य ६ लाख ८० हजारदेखि ११ लाख १८ हजारसम्म निर्धारण गरिएको छ । नेपाली बजारमा भित्रिएपछि यसले सुजुकी बलेनो र टाटा अल्ट्रोजसँग सिधा टक्कर गर्ने देखिन्छ ।

इन्जिन तथा पर्फमेन्स
नयाँ आई २० पेट्रोल र डिजेल भेरिएन्टमा उपलब्ध गराइएको छ । यसको १.२ कप्पा पेट्रोल इन्जिन ५ स्पिड गियर बक्ससहित म्यानुअल र अटोमेटिक अप्सनमा उपलव्ध छ । जसमध्ये म्यानुअलले ८३ एचपी र अटोमेटिकले ८८ एचपी पावर जेनेरेट गर्दछ भने म्यानुअलले २०.३५ किलोमिटर प्रतिलिटर र अटोमेटिकले १९.६५ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरिएको छ । त्यसैगरी अर्को डिजेल भेरिएन्टमा १ं.५ लिटरको ६ स्पिड म्यानुअल टान्समिसन इन्जिन जडान गरिएको छ । जसले १०० एचपी पावर र प्रतिलिटर इन्धन खपतमा २५.२ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

लुक्स तथा डिजाइन
नयाँ कारको डिजाइन पहिलेको तुलनामा निकै नै आकर्षक र स्पोर्टी तबरबाट गरिएको छ । फ्रेमरहित ग्रिल र सि पिल्लरयुक्त क्रोमका कारण यो पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ । गाडीको पछिल्लो भागमा दिइएको जेड आकरको एलइडी टेल लाइट र पियानो ब्ल्याक कलरको विन्डस्क्रिनले नयाँ आई २० को लुक्समा निखरता दिएको छ ।

पहिलेको तुलनामा १० एमएम लामो, ४१ एमएम चौडा भएको तथा २ हजार ५ सय ८० एमएमको ह्विलबेसले गर्दा यसलाई सेग्मेन्टकै लामो ह्याचब्याक बनाएको छ । यो कारको उत्पादनमा कम्पनीले बलियो र उच्चतम स्ट्रेन्थ भएको स्टिल प्रयोग गरेको छ । उच्च पर्फमेन्स र इन्धन खपत कम गर्न नयाँ कारको तौल समेत कम गरिएको छ । १६ इन्चको डाइमन्ड कट अलोय ह्विलका कारण थप आकर्षक देखिएको छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ ।

भित्री बनावट र फिचर्स
नयाँ आई २० को भित्री बनावट समेत निकै नै आकर्षक र स्पोर्टी रहेको छ । पहिलेको तुलनामा यसको इन्टेरियर पुरै परिबर्तन गरिएको छ । यो कारमा क्रेटामा प्रयोग भएको १०.२५ इन्चको एचडी टचस्क्रिन जडान गरिएको छ । जुन सेग्मेन्टमै ठूलो र अत्याधुनिक टचस्क्रिन हो । त्यसैगरी पहिलेको तुलनामा ठूलो आकारको इन्स्ट्रयुमेन्ट प्यानल, ताररहित चार्जिङ सिस्टम, ७ स्पिकर साउन्ड सिस्टम, हुन्डाई मोटर्सको प्रिमियम फिचर्सयुक्त ब्लुलिंक कनेक्टिभिटी एप, ठूलो आकारको सनरुफ, शितलताको फिल दिने लाइटिङ, एयर प्युरिफायर, रियर भ्यू क्यामेरा जस्ता फिचर्स उपलव्ध गराइएको यो कारको इन्टेरियर ड्युअल टोन कलर थिममा सजाइएको छ ।

आरामदायी फिचर्स
फराकिलो र सुबिधासम्पन्न क्याबिनका कारण यो कारमा यात्रा गर्दा थकानको महशुस गर्नु पर्दैन । ड्राइभर सिटलाई चालकले आफू अनुकूल तलमाथि र अगाडि पछाडि सार्न सक्ने ब्यवस्था मिलाइएको छ । जसका कारण ड्राइभिङ गर्दा भिजिबिलिटीमा कुनै समस्या रहदैन । यात्रा गर्दा अत्याबश्यक सामानहरु सुरक्षित साथ राख्नका लागि पर्याप्त ब्यवस्था मिलाइएको छ । जस्तो, ठूलो आकारको कुल्ड ग्लोभबक्स, कप होल्डर र मोबाइल लगायत अन्य ग्याजेटलाई चार्ज गर्नका लागि युएसबी पोर्ट समेत दिइएको छ ।

सेग्मेन्टकै सबैभन्दा लामो ह्विलबेस दिइएका कारण कारको क्याबिन समेत यो सेग्मेन्टका अन्य कारको तुलनामा फराकिलो छ । पछाडिको सिटमा बस्नेहरुका लागि आरामदायी यात्राको प्रत्याभूति गराउन पहिलेको तुलनामा झन्डै ४० एमएम बढी लेग स्पेस दिइएको छ । यो कारमा ५ जना यात्रुले आरामदायी यात्र गर्न सक्नेछन् ।

सेफ्टी फिचर्स
नयाँ कारमा पुरानो आई २० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ । जस्तो पुरानो कारमा एबीएस, ६ एयरब्याग र चारवटै सिटमा सिटबेल्ट वार्निङ ल्याम्प उपलब्ध गराइएकोमा त्यसमा थप गरी नयाँ कारमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल एसिस्ट कन्ट्रोल सिस्टम समेत थप गरिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...