अपडेटसहित आउँदै न्यु जेनेरेसन बजाज डोमिनार ४००

बजाजले नयाँ जेनेरेसन डोमिनार ४०० लाई भारतमा ठूलो अपग्रेडका साथ प्रस्तुत गर्ने योजना बनाएको छ । हाल सो बाइकमा काम भइरहेको छ । मिडिया रिपोर्टका अनुसार बजाज डोमिनार ४०० सम्भवतः नयाँ प्लेटफर्ममा आधारित हुनेछ।

हालको डोमिनार ४०० केटीएम बाइकमा आधारित छ । सो मोटरसाइकलले भारतीय बजारमा राम्रो प्रदर्शन गरेको छ । बजाज डोमिनार लामो दूरीको यात्राका लागि उपयुक्त भए तापनि बाइकको तौलका कारण दैनिक आवतजावतमा चुनौतीपूर्ण हुने गरेको छ ।

डोमिनार ४०० को कर्ब वजन १९३ किलोग्राम छ । त्यसैले पनि आगामी बजाज डोमिनार नयाँ प्लेटफर्ममा निर्माण हुने अनुमान गरिएको छ । सो बाइकमा पनि ३७३ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन प्रयोग गरिने छ, जसले अधिकतम ३९.५ बीएचपी पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ। यसको इन्जिन ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

नयाँ डोमिनारमा नयाँ अलोय ह्विल र बक्स-टाइप स्विङआर्म पाउने अपेक्षा गरिएको छ । कम्पनीले बाइकको तौल घटाउने सम्भावना छ । नयाँ बजाज डोमिनार ४०० मा ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाई-टर्न नेभिगेसन, राइड-बाई-वायर थ्रोटल, मल्टिपल राइड मोड र स्विच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोलका साथमा डिजिटल टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर पाउने अपेक्षा गरिएको छ ।

नयाँ पुस्ताको बजाज डोमिनार ४०० ले लन्च पछि भारतीय बजारमा ट्रायम्फ स्पिड ४०० र हिरो माभेरिक ४०० सँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

काठमाडौं – बजाज पल्सर एन१६० र एन२५० को बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि...

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर ठूलो इन्जिनमा आउने भएको छ । पल्सर...

नेपालमा बजाज मोटरसाइकलले पुरा ग-यो २५ वर्ष : आयो नयाँ वर्ष २०८० को अफर

नेपालमा बजाज मोटरसाइकलले पुरा ग-यो २५ वर्ष : आयो नयाँ वर्ष २०८० को अफर

काठमाडौं – नेपालमा बजाज मोटरसाइकल भित्रिएको २५ वर्ष पुरा भएको छ । सो अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...