नयाँ स्विफ्टको भारतमा बुकिङ खुला, के छ नयाँ विशेषता ?

मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनरेसनको बुकिङ लिन थालेको छ । कम्पनीले यसको नयाँ जेनेरेशन कार जापान र युरोपका देशमा यसअघि नै लन्च गरिसकेको थियो । यो नयाँ कारलाई ११ हजार भारु भुक्तानी गरेर वुकिङ गर्न सकिने जनाइएको छ ।

२०२४ स्विफ्टको डिजाइनमा पुरानो स्विफ्टको तुलनामा धेरै परिवर्तन गरिएको छ । पुरानो स्विफ्टको तुलनामा नयाँ स्विफ्टको बम्पर, फ्रन्ट ग्रिल, बोनट र हेडलाइटमा परिवर्तन गरिएको हो । कारमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, भ्यान्टीलेटेड सिट, प्रिमियम अपहोलस्टीक, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी र एडास लगायत फिचर थपिएको छ । साथै यसअघिको सिंगल टोन कलर इन्टेरिलाई डुअल टोन दिइएको छ ।

पुरानो स्विफ्टको तुलनामा नयाँ स्विफ्टको डाइमेन्सनमा पनि फरक छ । पुरानो स्विफ्टको तुलनामा नयाँ स्विफ्ट १५ एमएम लामो र ३० एमएम अग्लो पनि हुनेछ । भारत र नेपालमा नयाँ स्विफ्ट लन्च गर्नुअघि कम्पनीले आफ्नो नयाँ पुस्ता धेरै देशमा लन्च गरिसकेको छ ।

कम्पनीले नयाँ जेनेरेशन स्वीफ्टमा १.२ लिटर जेड सिरिज इन्जिन दिएको छ । उक्त इन्जिनले पहिलोको भन्दा ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । उक्त इन्जिनले अधिकतम ८३ पीएस पावर र १०८ एनएम टर्क प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ मा लन्च हुँदै सुजुकी ई–भिटारा, पहिलो तस्बिर र विवरण सार्वजनिक

नाडा अटो शो २०२५ मा लन्च हुँदै सुजुकी ई–भिटारा, पहिलो तस्बिर र विवरण सार्वजनिक

काठमाडौं – सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटाराको स्निक पिक सार्वजनिक...

सुजुकीले स्लाइडिङ डोरको साथमा ल्यायो वागनआर स्माइल

सुजुकीले स्लाइडिङ डोरको साथमा ल्यायो वागनआर स्माइल

जापानी कार निर्माता कम्पनी सुजुकीले घरेलु बजारमा वागनआर स्माइल लन्च गरेको...

मारुती सुजुकीले आफ्नो ईभी उत्पादन दुई तिहाईले घटाउने, यस्तो छ कारण

मारुती सुजुकीले आफ्नो ईभी उत्पादन दुई तिहाईले घटाउने, यस्तो छ कारण

अमेरिकासंग व्यापार युद्ध सुरु भएपछि चीनले लिएको एक निर्णयले विश्वका ठूला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...