आकर्षक कलर स्किममा आउँदै २०२१ रोयल इन्फिल्ड क्लासिक ३५०, सेप्टेम्बर १ मा लन्च हुने

२०२१ रोयल इन्फिल्डको न्यु जेनेरेसन क्लासिक ३५० लन्चिङको लागि तयारी अवस्थामा छ । सो मोटरसाइकल आगामी सेप्टेम्बर १ मा भारतमा लन्च हुने भएको छ ।

यो भन्दा पहिले यसको वारेमा केही जानकारी सार्वजनिक भएको छ । लिक भएको जानकारी अनुसार सो बाइक जे प्लेटफर्ममा डिजाइन गरिएको हो । सो प्लेटफर्ममा मेटियर ३५० पनि विकसित गरिएको थियो । न्यु जेनेरेसन क्लासिक ३५० ले क्लासिक ३५० क्रुजरको पावरटे«ेन पनि साझा गर्नेछ । ट्वीन क्र्याडल च्यासिसमा आधारित सो नयाँ बाइकमा १३ लिटरको इन्धन क्षमता रहेको छ ।

२०२१ रोयल इन्फिल्ड क्लासिक ३५० मा पर्ल ह्वाइट रङको प्रयोग गरिएको छ । उक्त रङ पहिला थन्डरबर्ड एक्समा पनि प्रयोग गरिएको थियो । इन्धन ट्यांकमा ह्वाइट र अन्य सबै प्यानलमा ग्लस ब्ल्याक रङ प्रयोग गरिएको छ । स्टिल रिम्समा ब्ल्याक कोटिङ गरिएको छ ।

लिक भएको भिडियो अनुसार बाइकमा निलो र हरियो रङको मिश्रण रहेको छ । आरई क्लासिक बाइकमा मेट ग्रीन रङ समेत राखिएको छ । भिडियो अनुसार न्यु जेनेरेसन मोडलमा किक स्टार्ट फिचर उपलब्ध रहेको छैन । तर क्लासिक ३५० एक्सटेरियर डिजाइन र टेक्नोलोजीको साथमा अपडेट गरिएको छ ।

पावरको लागि बाइकमा ३४८ सीसी, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिनको प्रयोग गरिएको छ । जसले २०.२ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । साथै ५ स्पिड गियरबक्स समावेश गरिएको छ । नयाँ २०२१ क्लासिक ३५० मा इन्डिकेटर लाइटको डिजाइनमा पनि परिवर्तन गरिएको छ । रिपोर्टका अनुसार नयाँ मोडलमा एलईडी लाइट समावेश गरिने छ साथै सिंगल डाउनट्युब फ्रेमको स्थानमा ट्वीन डाउनट्युब फ्रेममा तयार गरिएको छ ।

क्लासिक ३५० न्यु जेनेरेसनमा भाइब्रेसन कम गर्नका लागि ब्यालेन्सर शाफ्टको प्रयोग गरिएको छ । सो बाइकमा क्रोम बेजलको साथमा रेट्रो स्टाइल भएको सर्कुलर हेडल्याम्प, टियर ड्रप सेपमा फ्युल ट्यांक, राउन्ड सेप रियरभ्यु मिरर, क्रोम प्लेटेड साइलेन्सर र आकर्षक फेन्डर्स समावेश गरिएको छ । बाइकको साइड प्यानल र फ्युल ट्यांकमा सी–सेपको ग्राफिक्स र फेन्डरमा नयाँ स्ट्रिप समावेश गरिएको छ ।

रिपोर्टका अनुसार २०२१ रोयल इन्फिल्ड क्लासिक ३५० मा फ्युल गेज, ओडोमिटर र ट्रिपर नेभिगेसन पोडको जानकारीको लागि डिजिटल डिस्प्ले समावेश गरिएको छ । सो ट्रिपर नेभिगेसन सिस्टम रोयल इन्फिल्ड एपको माध्यमले स्मार्टफोनबाट कनेक्ट गरी टर्न बाई टर्न नेभिगेसन देखाउँछ । ट्रिपर नेभिगेसन गुगलबाट कनेक्ट हुनेछ । स्मार्टफोनमा नेटवर्क सिग्नल नभएता पनि नेभिगेसनले काम गर्छ ।

२०२१ रोयल इन्फिल्ड क्लासिक ३५० मा पनि मेटियरमा जस्तै नब स्टाइल इग्निसन स्विचको प्रयोग गरिने सम्भावना रहेको छ । जसले बाइकको लुकलाई निकै आकर्षक बनाएको छ । इग्निसन स्विचको नबलाई औलाले अन वा अफ गर्न सकिन्छ ।

२०२१ रोयल इन्फिल्ड क्लासिक ३५०मा एसओएचसी सेटअप उपलब्ध हुनेछ । नयाँ ड्युल क्र्याडल च्यासिसको साथै बाइकमा ट्वीन पिस्टन फ्लोटिङ केलिपर्सको साथमा ३०० एनएम फ्रन्ट डिस्क ब्रेक र सिंगल पिस्टन फ्लोटिङ क्यालिपरको साथमा २७० एनएम रियर डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइकमा डुअल च्यानल एबीएस सिस्टम समावेश गरिएको छ ।

२०२१ रोयल इन्फिल्ड क्लासिक ३५० बाइक पुरानो मोडल भन्दा महँगो हुनेछ । लन्चिङ पछि सो बाइकको होन्डा हाइनेस सीबी३५० र जावासँग कडा प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

काठमाडौं – विश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि...

नाडाको आकर्षण बन्दै छ रोयल इन्फिल्ड हन्टर

नाडाको आकर्षण बन्दै छ रोयल इन्फिल्ड हन्टर

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा...

यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता

यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता

रोयल इन्फिल्डले बुलेट ३५० को न्यु जेनेरेशन बाइक भारतीय बजारमा लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...