रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली बाइक बुलेट ६५० सार्वजनिक, नोभेम्बरमा लन्च हुने सम्भावना
रोयल इन्फिल्डले हालै सम्पन्न इक्मा अटो शो २०२५ मा बुलेट श्रृंखलाको...
रोयल इन्फिल्डले आर्थिक वर्ष २०२६/२७ को पहिलो महिना अर्थात अप्रिल महिना रेकर्ड बिक्रीका साथ सुखद सुरुवात गरेको छ । यो महिनामा रोयल इन्फिल्डले भारतमा १ लाख १३ हजार १६४ युनिट मोटरसाइकल बिक्री गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशत बढी हो । गत वर्षको अप्रिल महिनामा कम्पनीले ८६ हजार ५५९ युनिट मोटरसाइकल बिक्री गरेको थियो ।
रोयल इन्फिल्डले यो महिनामा भारत अर्थात घरेलु बजारमा १ लाख ४ हजार १२९ युनिट मोटरसाइकल बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ३७ प्रतिशत बढी हो । गत वर्ष घरेलु बजारमा ७६ हजार युनिट मोटरसाइकल बिक्री भएका थिए । त्यसैगरी निर्यातमा भने केही कमी आएको छ । अप्रिल महिनामा कम्पनीले ९ हजार ३५ युनिट मोटरसाइकल निर्यात गरेको छ, जुन गत वर्षको यही महिनाको तुलनामा १४ प्रतिशत कम हो । गत वर्ष १० हजार ५५७ युनिट मोटरसाइकल निर्यात भएका थिए ।
रोयल इन्फिल्डको यो बिक्रीमा ३५० सीसी बाइकको बढी भूमिका छ । यसमा रोयल इन्फिल्डका बुलेट ३५०, क्लासिक ३५० आदि छन् भने हन्टर ४५० र हिमालयन ४५० को पनि त्यस्तै योगदान रहेको छ ।
अप्रिल महिनामै रोयल इन्फिल्डले कम्पनीको पहिलो इलेक्ट्रिक मोटरसाइकल फ्लाइङ फ्ली सी६ सार्वजनिक गरेको छ । आगामी दिनमा यो मोटरसाइकल भारतका प्रमुख सहरमा उपलब्ध हुने बताइएको छ । यसको डिजाइन सन् १९४० को दशकमा उपलब्ध फ्लाइङ फ्लीबाट प्रेरित छ ।
हालै बेलायतको लण्डनस्थित ब्रान्ड भ्यालुएसन कन्सल्टेन्सी ब्रान्ड फाइनान्सले प्रकाशित गरेको अटोमोटिभ इन्डष्ट्रि २०२६ –याङकिङ मा रोयल इन्फिल्ड विश्वकै तेस्रो सबैभन्दा बलियो अटोमोबाइल ब्रान्डको रूपमा उभिएको छ। कम्पनीले ८८।९ बीएसआई स्कोर प्राप्त गर्दै आफ्नो ब्रान्ड मूल्य ३० प्रतिशतले बढाएर १।२ अर्ब अमेरिकी डलर पु-याएको छ। लाइफस्टाइल मोटरसाइकल ब्रान्डका रूपमा यसको विश्वव्यापी लोकप्रियता र अन्तर्राष्ट्रिय बजार विस्तारले माग निरन्तर बढाइरहेको छ।
रोयल इन्फिल्ड नेपालमा समेत निकै नै रुचाइएको ब्रान्डमा पर्छ । नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरकको रुपमा अल्फा अटोमोटिभले कार्य गरिरहेको छ ।
रोयल इन्फिल्डले हालै सम्पन्न इक्मा अटो शो २०२५ मा बुलेट श्रृंखलाको...
रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...
रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकल पहिलोपटक सडकमा देखापरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...