नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर क्यापाचिनो एस, मूल्य ४ लाख २९ हजार

काठमाडौं - नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड जम्बो ब्राभोको इलेक्ट्रिक स्कुटर क्यापाचिनो एस भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा जम्बो मोटर्स प्रालिले सो स्कुटर बजारमा उपलब्ध गराएको हो ।

आइतबार नक्सालस्थित शोरुममार्फत सो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरियो । यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले छ। साथै कीलेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचरहरु उपलब्ध छन्। 

यसमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री दिइएको छ। यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको छ। यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा छ।

उक्त स्कुटरको मूल्य ४ लाख २९ हजार रुपैयाँ तोकिएको छ। क्यापाचिनो एसलाई एकपटकको फुल चार्जमा १४० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

सम्बन्धित समाचारहरू

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक...

मारुती देखि टाटा र महिन्द्रा सम्मका नयाँ इलेक्ट्रिक कार लन्च हुँदै

मारुती देखि टाटा र महिन्द्रा सम्मका नयाँ इलेक्ट्रिक कार लन्च हुँदै

भारतमा अहिले इलेक्ट्रिक सवारी साधनको माग निरन्तर बढिरहेको छ । बढ्दो...

४२० किमी सम्म रेन्ज दिने इनर्जिका इगो प्रिमियम इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल नेपालमा

४२० किमी सम्म रेन्ज दिने इनर्जिका इगो प्रिमियम इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल नेपालमा

नेपाली बजारमा पहिलो पटक विश्व प्रसिद्ध इटालियन ब्रान्ड इनर्जिकाका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...