जम्बो इकोले ल्यायो विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरमा ५० हजार छुट सहितको अफर
काठमाडौं – नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेइकलले नयाँ...
काठमाडौं– चिनियाँ कम्पनी ओराको इलेक्ट्रिक कार गुड क्याट नेपाली बजारमा आइपुगेको छ । नेपालका लागि ग्रेटवाल र ह्यावलको समेत वितरक रहेको आधिकारिक वितरक भीजी इम्पेक्सले ओरा गुड क्याट भित्र्याएको हो । ग्रेटवालको इलेक्ट्रिक ब्रान्डको नाम ओरा हो ।
हाल परीक्षणका लागि केही थान कार मात्र भित्र्याएको कम्पनी स्रोतले बताएको छ । टेक, प्रो र अल्ट्रा गरी तीन भेरिएन्टमा उपलब्ध यो कारको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४३ लाख ९९ हजार र ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
१०५ किलोवाटको मोटर रहेको यो कारको दुई भेरिएन्ट टेक र प्रोमा ४७.७८८ किलोवाट र अर्को भेरिएन्ट अल्ट्रामा ६३.१३० किलोवाटको ब्याट्री छ । जसले सिंगल चार्जमा क्रमशः ४०० र ५०० किलोमिटरको दूरी तय गर्ने क्षमता राख्छ । यसले १४३ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।

यी कारको वास्तविक फिचर अझै कम्पनीले सार्वजनिक गरेको छैन । यद्यपि यसमा प्रिमियम ड्युअल टोन इन्टेरियर, १८ इन्चको टायर, प्यानोरामिक सनरुफ, १०.२५ इन्चको फ्लोटिङ स्क्रिनलगायतका विभिन्न फिचर पाउन सकिन्छ ।
नेपाली बजारमा अन्य मोडलका कार समेत उपलब्ध भइरहेको समयमा ओरा गुड क्याट समेत एउटा अर्को इलेक्ट्रिक कारको रुपमा भित्रिएको छ । यसको वारेमा ग्राहक प्रतिक्रिया भने आगामी दिनमा देखिदै जानेछ ।
काठमाडौं – नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेइकलले नयाँ...
कुनै पनि सवारी साधनमा हुने एयरब्यागले सुरक्षाका लागि महत्वपूर्ण भूमिका...
काठमाडौं– लुयान स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो इमिसन राइड एनले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...