नयाँ डस्टरको ‘राइट ह्यान्ड ड्राइभ’ संस्करण पहिलोपटक सार्बजनिक

रेनोले आफ्नो नयाँ जेनेरेशन डस्टरको राइट ह्यान्ड ड्राइभ भर्सन पहिलोपटक सार्बजनिक गरेको छ । सो नयाँ एसयूभीलाई रेनोले दक्षिण अफ्रिकामा हालै आयोजना भएको एक अटो एक्स्पोमा सार्बजनिक गरेको हो ।

यसै वर्षको सुरुमा विश्व बजारमा अनावरण गरिएको नयाँ जेनेरेशन डस्टर २०२५ मा भारतमा आउने रेनोले पुष्टि गरेको छ ।एसयुभी भारतमा उत्पादन भई विश्वका अन्य बजारमा निर्यात हुने बताइएको छ ।

राइट ह्यान्ड ड्राइभ संस्करणले ग्लोबल मोडेलमा जस्तै स्टियरिङ ह्वील, डिजाइन, इन्टेरियर, क्याविन सुविधा र प्रविधि पाउने जनाइएको छ । नयाँ डस्टर भारतमा हाल बिक्री हुँदै आएको किगर एसयूभीभन्दा माथी रहनेछ । यसले हुन्डाई क्रेटा, किया सेल्टोस, टाटा कर्भ, मारुती ग्रान्ड भिटारा, र टोयोटा हाइराइडरसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वव्यापी रूपमा, डस्टर तीन इन्जिन विकल्पमा उपलब्ध रहँदै आएको छ । यसमा १.२ लिटर ३ सिलिन्डर टर्बो–पेट्रोल माइल्ड हाइब्रिड प्रणाली, १.० लिटर ३ सिलिन्डर टर्बो बाई–इंन्धन इन्जिन र १.६ लिटर पेट्रोल हाइब्रिड समावेश छ । जुन दुई इलेक्ट्रिक मोटर र १.२ किलोवाट ब्याट्री प्याकका साथ आउँछ । यो फ्रन्ट–व्हील ड्राइभ र फोर वाई फोर कन्फिगरेसनमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा...

रेनो क्विड फेसलिफ्ट परीक्षणमा देखियो, २०२६ को मध्यसम्ममा लन्च हुने संकेत

रेनो क्विड फेसलिफ्ट परीक्षणमा देखियो, २०२६ को मध्यसम्ममा लन्च हुने संकेत

रेनोले भारतीय बजारका लागि आफ्नो लोकप्रिय ह्याचब्याक क्विडको फेसलिफ्ट...

नयाँ रेनो डस्टर मार्च १७ मा लन्च हुँदै, स्ट्रोङ हाइब्रिडसहित ३ इन्जिन विकल्प उपलब्ध हुने

नयाँ रेनो डस्टर मार्च १७ मा लन्च हुँदै, स्ट्रोङ हाइब्रिडसहित ३ इन्जिन विकल्प उपलब्ध हुने

फ्रान्सेली अटो निर्माता कम्पनी रेनाेले नयाँ पुस्ताको डस्टर आगामी मार्च १७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...