रसियामा व्यवसाय गरिरहेको रेनोले १ रुबलमा आफ्नो सेयर बिक्री गर्ने
फ्रान्सेली अटोमेकर कम्पनी रेनोले रुसको सबैभन्दा ठूलो कार निर्माता...
रेनोले आफ्नो नयाँ जेनेरेशन डस्टरको राइट ह्यान्ड ड्राइभ भर्सन पहिलोपटक सार्बजनिक गरेको छ । सो नयाँ एसयूभीलाई रेनोले दक्षिण अफ्रिकामा हालै आयोजना भएको एक अटो एक्स्पोमा सार्बजनिक गरेको हो ।
यसै वर्षको सुरुमा विश्व बजारमा अनावरण गरिएको नयाँ जेनेरेशन डस्टर २०२५ मा भारतमा आउने रेनोले पुष्टि गरेको छ ।एसयुभी भारतमा उत्पादन भई विश्वका अन्य बजारमा निर्यात हुने बताइएको छ ।
राइट ह्यान्ड ड्राइभ संस्करणले ग्लोबल मोडेलमा जस्तै स्टियरिङ ह्वील, डिजाइन, इन्टेरियर, क्याविन सुविधा र प्रविधि पाउने जनाइएको छ । नयाँ डस्टर भारतमा हाल बिक्री हुँदै आएको किगर एसयूभीभन्दा माथी रहनेछ । यसले हुन्डाई क्रेटा, किया सेल्टोस, टाटा कर्भ, मारुती ग्रान्ड भिटारा, र टोयोटा हाइराइडरसँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वव्यापी रूपमा, डस्टर तीन इन्जिन विकल्पमा उपलब्ध रहँदै आएको छ । यसमा १.२ लिटर ३ सिलिन्डर टर्बो–पेट्रोल माइल्ड हाइब्रिड प्रणाली, १.० लिटर ३ सिलिन्डर टर्बो बाई–इंन्धन इन्जिन र १.६ लिटर पेट्रोल हाइब्रिड समावेश छ । जुन दुई इलेक्ट्रिक मोटर र १.२ किलोवाट ब्याट्री प्याकका साथ आउँछ । यो फ्रन्ट–व्हील ड्राइभ र फोर वाई फोर कन्फिगरेसनमा उपलब्ध रहँदै आएको छ ।
फ्रान्सेली अटोमेकर कम्पनी रेनोले रुसको सबैभन्दा ठूलो कार निर्माता...
डासियामा आधारित रेनेको नयाँ जेनेरेशन डस्टर पहिलिोपटक अनलाइनलमा लिक भएको छ...
इन्ट्री लेभल ह्याचब्याकमा सबैभन्दा बढी बिक्री हुने कार बनेको छ रेनो क्विड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...