बीवाईडीको नेपालमा ६ वर्ष, नयाँ मोडलसहित ‘नयाँ ड्राइभिङ एक्सपेरियन्स’ प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्ष प्रबेश गरेको छ ।

सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको छ । कम्पनीले हाल बीवाईडीका ई६, नयाँ जेनेरेशन ई६, एम३ भ्यान र टी३ कार्गो भ्यान विक्री गर्दै आएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडरदेखि नेपालका उद्यमी ब्यवसायीको छनोटमा पर्न सफल भएको छ । साथै, एम३ भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पिटलले प्रयोग गर्न थालेका छन् ।

बीवाइडी ई६ र नयाँ जेनेरेशन ई६ दुबै निजी सवारीसाधनको रुपमा प्रयोग हुँदै आएको छ । कम्पनीले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भनेको छm ‘हामीले विगतमा विक्री गरेका विद्युतीय गाडी किन्ने ग्राहक निकै संतुष्ट रहेका छन् । विश्व नै बैकल्पिक उर्जाबाट चल्ने सवारीसाधनको खोजीमा रहेको अहिलेको समयमा हामी पनि नयाँ नयाँ विद्युतीय गाडी नेपाल ल्याएर ग्राहकलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेका छौं ।’

कम्पनीले ५ वर्ष पुरागरेर छैटौं वर्ष प्रबेश गरेको अवसरमा बीवाईडीका ग्राहकलाई ढुक्कसँग यसको सेवा लिन आग्रह गरेको छ । साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘बीवाईडी सधैं उत्कृष्ट सेवा दिन प्रतिबद्ध कम्पनी हो । नेपालको प्राकृतिक विविधता, जलवायू परिवर्तनको असर न्यूनीकरण र यहाँको पर्यटनलाई जिवन्त राख्न पनि हाम्रो पुस्ताले पेट्रोलियम पदार्थको प्रयोग घटाउनु पर्छ । त्यसको विकल्पमा ग्राहकलाई उत्कृष्ट विकल्प दिन बीवाईडी सधै तयार रहेको छ ।’

श्रेष्ठको भनाइ छ, ‘विगत ५ वर्षदेखि साइमेक्स इंकले सधैँ विद्युतीय गाडीको प्रयोग बढाउन जनस्तरमा चेतना अभिवृद्धि र नीति निर्मातालाई सहजीकरण गरिदन आग्रह गर्दै आएको थियो । अव त्योभन्दा एक स्टेप माथि उक्लदै आफ्नो सेल्स, सर्भिस र स्पेयर पार्टसको उपलब्धतामा काम सुरु गरेका छौं ।’

बीवाईडी आक्रामक बजार विस्तारको लागि तयार रहेको बताउँदै कम्पनीका सीईओ सहिल श्रेष्ठले भने, ‘हामी आफ्नो नेटवर्क विस्तारमा लागेका छौं । अबको एक महिना भित्र देशको मुख्य सहरमा बीवाईडीको थ्रीएस सर्भिस उपलब्ध हुन्छ । हामी थ्रीएस सर्भिसको अलावा नेपालमा नै ब्याट्री टेक्नोलोजी र चार्जिङ नेटवर्कमा के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

उनले भने, ‘बीवाईडीले आफ्नो ब्यावसायिक यात्राको टर्निङ प्वाइन्टको रुपमा सन् २०२२ लाई लिएको छ । कम्पनीले यो वर्ष नयाँ शोरुमहरु संचालन गर्नुको साथै नयाँ नयाँ मोडल ल्याउने योजना बनाएको छ । यो वर्ष कम्तीमा दुईदेखि तीनवटा नयाँ मोडल हामी बजारमा ल्याउनेगरी काम गरिरहेका छौं ।’

नयाँ मोडल र नयाँ नेटवर्कसँगै कम्पनीले ग्राहकलाई विद्युतीय गाडीको खरिद र ड्राइभिङमा नयाँ अनुभव प्रदान गर्न चाहेको समेत बताएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारीको कर घटाइयोस् तर बढाउने काम नगरियोस् : सासंद गौतम

विद्युतीय सवारीको कर घटाइयोस् तर बढाउने काम नगरियोस् : सासंद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विभिन्र...

निसानले विद्युतीकरणमा १८ अर्ब डलर लगानी गर्ने,  २३ हाइब्रिड र १५ विद्युतीय कार विकास गर्ने

निसानले विद्युतीकरणमा १८ अर्ब डलर लगानी गर्ने, २३ हाइब्रिड र १५ विद्युतीय कार विकास गर्ने

निसानले अर्बौँ लागतको विद्युतीयकरण योजना अघि सारेको छ । एक दशकअघि...

एक्सपेङद्वारा उड्ने कार उत्पादन प्लान्टको निर्माण सुरु, बार्षिक १० हजार युनिट निर्माण गर्ने

एक्सपेङद्वारा उड्ने कार उत्पादन प्लान्टको निर्माण सुरु, बार्षिक १० हजार युनिट निर्माण गर्ने

चिनियाँ अटो निर्माता एक्सपेङले आफ्नो वहुप्रतिक्षित उड्ने कार कारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...