एलईडी हेडलाइट र ड्युअल च्यानल एबीएसले सुसज्जित अपडेट नयाँ क्लासिक ३५० आकर्षक लुकमा लन्च

रोयल इन्फिल्डले अन्ततः लामो समयपछि आफ्नो क्लासिक ३५० बाइकमा ठुलो अपडेट दिएको छ । कम्पनीले आधिकारिक रूपमा नयाँ क्लासिक ३५० बाइक भारतीय बजारमा बिक्रीको लागि ल्याएको छ । नयाँ क्लासिक ३५० को प्रारम्भिक मूल्य १ लाख ९९ हजार ५०० तोकिएको छ । बाइकमा पहिले जस्तै ३५० सीसी इन्जिन जडान गरिएको छ ।

नयाँ क्लासिक ३५० हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल, डार्क र इमराल्ड गरी ५ भेरिएन्टमा प्रस्तुत गरिएको छ । सो बाइक कुल ७ रङमा उपलब्ध छ । हेरिटेज भेरिएन्ट २ रङमा, हेरिटेज प्रिमियम भेरिएन्ट १ रङमा, सिग्नल भेरिएन्ट १ रङमा, डार्क भेरिएन्ट २ रङमा र टप स्पेक मोडेल इमराल्ड भेरिएन्ट २ रङमा उपलब्ध हुने भएको छ ।

रोयल इन्फिल्डको नयाँ क्लासिक ३५० को डिजाइन र लुक धेरै हदसम्म पहिलेको जस्तै छ  कम्पनीले बाइकको रेट्रो लुक कायम राखेको छ । तर, समयको मागलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना फिचर अपडेट गरेको छ । अब बाइकमा पुरानो ह्यालोजन बल्बको सट्टा नयाँ एलईडी हेडलाइट दिइएको छ । यसका साथै टर्न इन्डिकेटर पनि एलईडीमा छ । बाइकको एलईडीमा टेल लाइट र पाइलट लाइट पनि समावेश छ ।

सो बाइकमा स्मार्टफोन चार्ज गर्न यूएसबी सी-टाइपको चार्जिङ पोर्ट र गियर पोजिसन इन्डिकेटर पनि उपलब्ध गराइएको छ । कम्पनीले बाइकको ड्रम भेरिएन्ट बन्द गरेको छ । अब बाइकमा सिंगल च्यानल एबीएससँगै ड्युअल च्यानल एबीएसको विकल्प पनि उपलब्ध छ ।

रोयल इन्फिल्डले सो बाइकको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । बाइकमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर ‘जे’ सिरिज इन्जिन रहेको छ । सो इन्जिनले २०.२ एचपी पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

यस्तो हुनेछ रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता...

रोड टेष्टका क्रममा देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

रोड टेष्टका क्रममा देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा...

रोयल इन्फिल्डको मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न

रोयल इन्फिल्डको मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...