नयाँ वर्ष पश्चात नेपाली बजारमा पहिलो लन्च हुने कार बन्दै सुजुकी सेलेरियो

काठमाडौं – नेपाली बजारमा सुजुकी सेलेरियो कारको प्रि–बुकिङ प्रारम्भ भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले यो कारको प्रि–बुकिङ खुलेको बताएको छ ।

सुजुकी सेलेरियो सन् २०२२ मा नेपाली बजारमा लन्च हुने पहिलो कार हुने अनुमान गरिएको छ । सीजी मोटोकर्प स्रोतका अनुसार माघ महिना भित्र यो नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ ।

सुजुकी सेलेरियो केही समय पहिले भारतमा लन्च भएको र सबैभन्दा बढी माइलेज दिने कारको रुपमा परिचित छ । सुजुकी सेलेरियो पहिले देखि नै बजारमा उपलब्ध भए पनि अब आउने नयाँ सेकेन्ड जेनेरेसन मोडल हो । यसमा १.० लिटर के१०सी के सिरिज डुअलजेट, डुअल भीभीटी पेट्रोल इन्जिन र ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्समा उपलब्ध छ । यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । नेपाली बजारमा उपलब्ध हुने इन्जिन क्षमता र यसको भेरिएन्ट वारेमा पछि थाहा हुनेछ ।

नयाँ सेलेरियो २६.६८ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्ने क्षमता रहेको छ । माइलेज बढाउन आइडल स्टार्ट–स्टप फिचर दिइएको छ ।

नयाँ मारुती सेलेरियोमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । साथै आइडल स्टार्ट/स्टप फङसनको साथ पुश स्टार्ट÷स्टप बटन पनि समावेश गरिएको छ ।

लन्चिङ पछि सो कार इन्ट्री–लेभल ह्याचब्याक सेगमेन्टमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी सेलेरियोको सबै भेरिएन्टमा अब ६ एयरब्याग, मूल्य समेत बढ्यो

सुजुकी सेलेरियोको सबै भेरिएन्टमा अब ६ एयरब्याग, मूल्य समेत बढ्यो

मारुती सुजुकीले सेलेरियोको २०२५ संस्करण सार्वजनिक गरेको छ । कम्पनीे यसको...

एसयूभी लक्षित मारुती सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा

एसयूभी लक्षित मारुती सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा

मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर...

अब नेपालकै सबैभन्दा कम इन्धन खपत गर्ने कार सुजुकी सेलेरियो : सोरुमहरुमा गरियो सार्वजनिक

अब नेपालकै सबैभन्दा कम इन्धन खपत गर्ने कार सुजुकी सेलेरियो : सोरुमहरुमा गरियो सार्वजनिक

काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...