टोयोटासँग मिलेर मारुती सुजुकीले नयाँ कार लन्च गर्ने, क्रेटासँग प्रतिस्पर्धा गर्ने

मारुती सुजुकी र टोयोटा मिलेर नयाँ रेन्जको कारमा काम गरिरहेका छन् । यसमा एसयूभी, क्रसओभर र एमपीभी समावेश रहेको छ ।

हाल मारुती र टोयोटा मिलेर उत्पादन गर्न लागेको क्रसओभर कारलाई डी२२ कोडनेम दिइएको छ । सो कारको स्पेसिफिकेसनको बारेमा केही जानकारी दिइएको छैन ।

रिपोर्टका अनुसार नयाँ क्रसओभर मारुती सुजुकी भिटारा ब्रेजाको सुपेरियर मोडल हुनेछ । उक्त नयाँ क्रसओभर कार भिटारा ब्रेजा र हुन्डाई के्रटा÷किया सेल्टोसकै हाराहारीको हुनेछ । कारमा मारुतीको कम्पोनेन्टको प्रयोग गरिएको छ ।

मारुती सुजुकी कम्प्याक्ट एसयूभी सेगमेन्टमा ३ नयाँ मोडल लन्च गर्नेछ । सो सबै मोडल सब ४ मिटरमा लन्च गरिनेछ । कम्पनीको चर्चित कार भिटारा ब्रेजाको नेक्स्ट जेनेरेसन मोडल २०२२ मा लन्च गरिनेछ । यसको साथै कम्पनी नयाँ कम्प्याक्ट क्रसओभर ल्याउने भएको छ । सो क्रसओभर कार बलेनो प्लेटफर्ममा आधारित हुनेछ । सो कार टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो सब ४ मिटरमा कम्पनीले मारुती सुजुकी जिम्नी पनि लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार कम्पनीको ५ डोर जिम्नी भारतमा २०२३ मा लन्च गरिनेछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...