अष्ट्रेलियाली सडकमा चिनियाँ गाडीको दबदबा, टोयोटालाई कडा टक्कर दिँदै बीवाईडी
काठमाडौं–अष्ट्रेलियाको अटोमोबाइल बजारमा चिनियाँ गाडीहरूको उपस्थिति...
बीवाईडीले चीनमा तेस्रो पुस्ताको एट्टो ३ इलेक्ट्रिक क्रसओभर लन्च गरेको छ । चीनमा युआन प्लसको नामले बिक्री हुने यस अपग्रेडेड मोडललाई कम्पनीले ४ भेरिएनटमा उपलब्ध गराएको छ । जसको सुरुवाती मूल्य १६ हजार ६०० अमेरिकी डलर कायम गरिएको छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० ईभो आर्किटेक्चरमा निर्माण गरिएको यस एसयूभीमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधि र फ्ल्यास चार्जिङ सुबिधा थप गरिएको छ । साथै, यसमा लिडार र ‘गड आई बी’ ड्राइभर एसिस्टेन्ट समेत उपलब्ध गराइएको छ ।
पहिलो भन्दा ठूलो साइजमा आएको नयाँ एट्टो ३ को लम्बाई ४,६६५ मिमी, चौडाई, १,८९५ मिमी र उचाई १,६७५ मिमी तथा ह्विलवेश २,७७० मिमी छ ।यस एसयूभीमा बीवाईडीले १८०–लिटर क्षमताको फ्रन्ट ट्रंक समेत थप गरेको छ ।
नयाँ एट्टो३ को इन्टेरियरमा नवीनतम डीलिंक सिस्टम सपोर्ट गर्ने ठूलो फ्लोटिङ सेन्ट्रल डिस्प्ले, नयाँ टु स्पोक स्टेयरिङ ह्वील, हेड–अप डिस्प्ले, कोलम माउन्टेड शिफ्टर, रेफ्रिजरेटेड स्टोरेज बक्स, भेन्टिलेटेड तथा हिटेड फ्रन्ट सिट, १६ स्पिकर साउन्ड सिस्टम र ५० वाट क्षमताको वायरलेस फोन चार्जिङ सुबिधा उपलब्ध छन् ।
फ्ल्यास चार्जिङ प्रबिधी सपोर्ट गर्ने यस नयाँ मोडलमा बीवाईडीले ५७.५ र ६८.५ किलोवाट आवर क्षमताको दोस्रो पुस्ताको ब्याट्री विकल्प दिएको छ । यस ईभीले एकपटकको फुल चार्जमा ६३० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । रियर ह्विल ड्राइभ सिस्टम भएको यस ईभीको पावर २०० किलोवाट र २४० किलोवाट रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...