नेपाली बजारमा भित्रियो नयाँ ब्रान्डको इलेक्ट्रिक डर्ट र मोटार्ड बाइक

नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ । हाल नेपाली बजारमा इनर्जिका र इभोक ब्रान्डका इलेक्ट्रिक बाइक समेत बिक्री–वितरण गरिरहेको इन्ड्युरो मोटर्सले अमेरिकी कोल्टर ब्रान्डका दुई मोडल उपलब्ध गराएको जनाएको छ ।

कोल्टरका दुई मोडल ईएस १ एक्स प्रो र ईएस १ एस प्रो नेपाली बजारमा उपलब्ध हुनेछन् । डर्ट र मोटार्ड गरी दुई भेरिएन्टमा यी बाइक उपलब्ध हुने छन् । एक्स प्रो कालो र एस प्रो सेतो कलरमा उपलब्ध छ ।

दुवै मोडलमा ११ किलोवाट क्षमताको मोटर रहेको छ । यसले करिव १५ एचपी क्षमता बराबरको शक्ति दिन्छ । यसमा ४.६ किलोवाट आवर क्षमताको ७२ भोल्ट ३२ एम्पियर आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । करिव ३ घण्टा चार्ज गर्दा यसले १५० किलोमिटरको रेन्ज दिने बताइएको छ । यद्यपि व्यावहारिक रुपमा १०० देखि १२० किलोमिटर सम्मको रेन्ज यसले दिने कम्पनीको दावी छ । यसमा सिंगल र डबल ब्याट्री अप्सन पाउन सकिन्छ ।

बाइकमा किलेस अपरेसन उपलब्ध छ । यसबाट बाइक लक, अनलक गर्न र स्टार्ट गर्न सकिन्छ । लक भएको अवस्थामा कसैले चलाउदा हर्न बज्छ । इको, डाइनामिक र स्पोर्ट गरी तीन मोडमा यो बाइक चलाउन सकिन्छ ।

टप स्पिड ११५ किलोमिटर प्रतिघण्टा भएको यो बाइकको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

मनाङमा लन्च गरियाे म्याक्सस ईटेराेन ९, मूल्य र फिचर यस्ताे

मनाङमा लन्च गरियाे म्याक्सस ईटेराेन ९, मूल्य र फिचर यस्ताे

मनाङ – म्याक्सस ईटेराेन ९ इलेक्ट्रिक पिकअप मनाङमा लन्च गरिएको छ ।...

बीवाईडी एट्टो३ शनिबार पोखरामा सार्वजनिक हुने

बीवाईडी एट्टो३ शनिबार पोखरामा सार्वजनिक हुने

पोखरा – बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भोलि शनिबार पोखरामा...

बीवाईडी इलेक्ट्रिक कार किन्न कुमारी बैंकले ८ वर्षका लागि ८० प्रतिशत फाइनान्स उपलब्ध गराउने

बीवाईडी इलेक्ट्रिक कार किन्न कुमारी बैंकले ८ वर्षका लागि ८० प्रतिशत फाइनान्स उपलब्ध गराउने

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र कुमारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...