नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

काठमाडौँ - नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरूको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको छ ।

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ, जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसका लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलईडी लाइटिङ रहेको छ ।

यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो, जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबीएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।

यसबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौँ । एनएस २०० पहिले नै नेपाली राइडरहरूको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकहरूको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोलसहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौँ ।”

नयाँ बजाज पल्सर एनएस २०० को मुल्य ४ लाख ४४ हजार ९ सय रुपैयाँ रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन

पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन

पोखरा – नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक...

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ...

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महा मेला, बाइक एक्सचेन्जदेखि कलाकारको प्रस्तुतिसम्म

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महा मेला, बाइक एक्सचेन्जदेखि कलाकारको प्रस्तुतिसम्म

काठमाडौं – नेपालमा बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...