नेपाली बजारमा सुजुकी डिजायरको नयाँ अवतार, खुल्यो बुकिङ

काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ भनिएको सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ ।

‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं । बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ ।’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्टजेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ । स्टार्ट–स्टप फङ्सनसहितको के सिरिज ड्युअल जे, ड्युअल भीभीटी बीएस६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।’

‘नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुनुहुनेछ,’ चौधरीले अगाडि थपे ।

अत्याधुनिक शक्तिशाली इन्जिन
२०२१ डिजायरमा आईएसएस फङ्सनसहितको नेक्स्टजेन के सिरिज ड्युअल जेट, ड्युअल भीभीटी बीएस६ इन्जिन राखिएको छ । उच्च कम्प्रेसन रेसियो, कुल्ड ईजीआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ जसले गर्दा म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६ किलोमिटर प्रतिलिटर रहेको कम्पनीले बताएको छ । यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ ।

हाइलाइट
१.आइडल स्टार्ट–स्टप फङ्सनसहितको एड्भान्स्ड के सिरिज ड्युअल जेट ड्युअल भीभीटी बीएस६ पेट्रोल इन्जिन जसले उत्सर्जन कम गर्नुका साथै माइलेज बढाउँछ ।
२. सिंगल एपर्चर ग्रिलसहितको बोल्ड र स्टाइलिस फ्रन्ट लुक
३. ड्युअल एअर ब्याग, इबीडीस्हितको एबीएस र ठूलो ब्रेक
४. १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो सिस्टम
५. १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन डिस्प्ले
६. एलइडी प्रोजेक्टर हेडल्याम्प र डे टाइम रनिङ लाइट
७. पुस स्टार्ट स्टप बटनसहितको स्मार्ट किलेस इन्ट्रि
८. रियर एसी भेन्ट
९. ३७८ लिटरको ठूलो बुट स्पेस
१०. १५ इन्चको अलोय ह्विल
११. अटो फोल्डेबल ओआरभीएम

बोल्ड र मोडर्न एक्सटेरियर
२०२१ डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको छ ।

प्रिमियम र स्टाइलिस इन्टेरियर
२०२१ डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ । नयाँ ड्युअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ ।

१७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमले गज्जबको ड्राइभिङ एक्सपेरियन्स दिलाउँछ ।

सुपेरियर सेफ्टी
नयाँ डिजायरमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फङ्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ । यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा बे्रकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ । साथै, नयाँ डिजायरको सबै भेरियन्टमा ड्युअल एअरब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।

हार्टटेक्ट प्लेटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रियन रेगुलेसनमा आधारित छ ।

मूल्य
नेपाली बजारमा भीएक्सआई र जेडएक्सआई गरी दुई भेरिएन्टमा उपलब्ध हुने २०२१ डिजायरको मूल्य क्रमशः ३४ लाख २९ हजार र ३७ लाख ७९ हजार रुपैयाँ तोकिएको छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...