होन्डाको इन्ट्री लेवल स्पोर्ट्स मोटरसाइकल सीबीआर १५०आर नयाँ मोडलमा

होन्डाले आफ्नो लोकप्रिय इन्ट्री लेवल स्पोर्ट्स मोटरसाइकल सीबीआर १५०आर अब नयाँ २०२० मोडलमा सार्वजनिक गरेको छ । थाइल्यान्डमा सार्वजनिक गरिएको सो बाइकमा नयाँ पेन्ट स्किम उपलब्ध छ ।

सो बाइक चार कलर अप्सनमा उपलब्ध हुनेछ, जसमध्ये ग्रे सहित रेड कलर अप्सन निकै नै आकर्षक मानिएको छ । यसमा रातो कलरको फ्रन्ट ह्विल छ भने स्पोर्टी फ्रन्ट फेयरिङमा पहेलो सीबीआर लोगो छ ।

कलर वाहेक बाइकको स्टाइल र मेकानिकल्स सबै उही छ । यसमा एलईडी डीआरएल सहितको ड्युअल एलईडी हेडलाइट, स्कल्प्टेड फ्युल ट्यांक र हाई सेट टेल सेक्सन छ ।

यसमा उही १४९ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ, जसले १७.१ पीएस पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ ।

यो बाइकको मूल्य ९९ हजार ७ सय थाई भाट अर्थात करिव ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा १२५ सीसीको सीबीआर उपलब्ध छैन । भविष्यमा पनि नेपाल आउने वा नआउने बारेमा केही भन्न सकिदैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...