लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
होन्डाले आफ्नो लोकप्रिय इन्ट्री लेवल स्पोर्ट्स मोटरसाइकल सीबीआर १५०आर अब नयाँ २०२० मोडलमा सार्वजनिक गरेको छ । थाइल्यान्डमा सार्वजनिक गरिएको सो बाइकमा नयाँ पेन्ट स्किम उपलब्ध छ ।
सो बाइक चार कलर अप्सनमा उपलब्ध हुनेछ, जसमध्ये ग्रे सहित रेड कलर अप्सन निकै नै आकर्षक मानिएको छ । यसमा रातो कलरको फ्रन्ट ह्विल छ भने स्पोर्टी फ्रन्ट फेयरिङमा पहेलो सीबीआर लोगो छ ।
कलर वाहेक बाइकको स्टाइल र मेकानिकल्स सबै उही छ । यसमा एलईडी डीआरएल सहितको ड्युअल एलईडी हेडलाइट, स्कल्प्टेड फ्युल ट्यांक र हाई सेट टेल सेक्सन छ ।
यसमा उही १४९ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ, जसले १७.१ पीएस पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ ।
यो बाइकको मूल्य ९९ हजार ७ सय थाई भाट अर्थात करिव ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा १२५ सीसीको सीबीआर उपलब्ध छैन । भविष्यमा पनि नेपाल आउने वा नआउने बारेमा केही भन्न सकिदैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...