नेटा भी VS नेक्सन ईभी : कुन विशेषतामा कुन अगाडि ?

१ सय किलोवाट भन्दा कम क्षमता भएको मोटर जडित इलेक्ट्रिक कारमा अहिले टाटा नेक्सन ईभी र नेटा भी निकै चर्चित वनिरहेका छन् । १ बर्षअघि नेपाल भित्रिएको नेक्सन ईभी र हालसालै मात्र आएको नेटा भीले कम मूल्यमा इलेक्ट्रिक कार खरिद गर्न चाहने ईभी पारखीलाई आकर्षित गरिरहेको छ ।

नेटा भी भन्दा २ लाख रुपैयाँले महंगो पर्ने नेक्सन ईभीमा जडान गरिएको व्याट्री साइज नेटा भीको तुलनामा केही सानो भएपनि मोटर पावर भने नेक्सनमा बढी छ । नेक्नसमा ३० किलोवाट आवर क्षमताको व्याट्री जडान गरिएको छ भने नेटा भीमा ३८.५ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । यी दुई कारमा दिइएको मोटर पावर ९५ किलोवाट र ७० किलोवाट छ । सामन्यतः व्याट्री साइज ठूलो हुँदा मोटर पावर पनि बढी हुनपर्ने हो तर नेटा भीमा भने यो नियम लागु भएको पाइदैन । होजोन मोटर्सले यसको रेन्ज बढाउन कम पावरको मोटर दिइएको सहजै अनुमान गर्न सकिन्छ । नेटा भीको रेन्ज ४ सय किलोमिटर दावी गरिँदा नेक्सन ईभीले ३१२ किलोमिटर प्रदान गर्ने दावी छ ।

ग्राउन्ड क्लियरेन्सका मामलमा समेत नेक्सन ईभी नेटा भीको तुलनामा मजवुत देखिन्छ । टाटाको यो इलेक्ट्रिक कारमा २०५ एमएम ग्राउन्ड क्लियरेन्स दिइँदा नेटा भीमा जम्मा १६० एमएम मात्रै छ । यसैगरी सेफ्टिको कुरा गर्नुपर्दा नेक्सनको कम्वस्चन इन्जिनयुक्त गाडीले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको र सोही गाडीको इलेक्ट्रिक भर्सन भएका कारण नेक्सन ईभीलाई समेत ५ स्टार रेटिङकै क्याटागोरीमा राख्ने गरेको पाइन्छ भने नेटा भीको हालसम्म सेफ्टि टेष्ट गरिएको छैन ।

नेक्सन ईभीमा दिइएका केही महत्वपूर्ण फिचर्स नेटा भीमा देख्न सकिँदैन । जस्तो अटोमेटिक रेन वाइपर, फोल्डेवल ओआरभिएम, रियर ग्लास वाइपर, कुल्ड ग्लोभ वक्स, एडजस्टेवल स्टेयरिङ ह्विल, हाइट एड्जस्टेवल ड्राइभर सिट, इन्डिभिज्युअल डोर लक, रियर एसी भेन्ट र वुट स्पेस -याक लगायत फिचर्स नेटा भीमा दिइएको छैन ।

ईभी डेडिकेटेड प्लेटफर्मममा बनेको कार भएका कारण नेटा भीको इन्टेरियर र क्याविन स्पेस नेक्सन ईभीको तुलनामा निकै स्तरिय देखिन्छ । जसका कारण यो कारमा सयर गर्दा नेक्सन ईभीको तुलनामा आरामदायी फिल हुन्छ । नेटा भीमा क्याविन एयर फिल्टर, थर्मल म्यानेजमेन्ट र व्याट्री हिटिङ सिस्टम समेत उपलब्ध भएपनि नेक्सन ईभीमा यी फिचर्स दिइएको छैन ।

चार्जिङ पूर्वाधारको कुरा गर्दा नेक्सन ईभीलाई चार्ज गर्न आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशका ११६ स्थानमा चार्जिङ स्टेशन विस्तार गरिसकेको छ भने नेटा भीको हालसम्म कुनै चार्जिङ स्टेशन उपलब्ध छैन । आफ्टर सेल्स सर्भिसका लागि सिप्रदीको देशभर ३ दर्जन बढी सर्भिस सेन्टर संचालनमा छन् भने नयाँ ब्रान्ड भएका कारण नेटा भीलाई यस्तो सेन्टर विस्तार गर्न लामै समय लाग्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...

लुम्बिनीमा थन्किएका करोडौंका विद्युतीय बस सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयको निर्देशन

लुम्बिनीमा थन्किएका करोडौंका विद्युतीय बस सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ – लुम्बिनीमा ६ वर्षदेखि थन्किएका करोडौँ मूल्यका विद्युतीय बस...

केवाईसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान बिक्री रोक्न अदालतको आदेश

केवाईसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान बिक्री रोक्न अदालतको आदेश

काठमाडौँ–उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...