नेटा एसको नयाँ स्पेक सार्वजनिक : नयाँ प्रविधिको क्विलिन ब्याट्रीले १,०७५ किमी रेन्ज दिने

चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादन गरिने नेटा एस इलेक्ट्रिक सेडानको स्पेसिफिकेसन सार्वजनिक भएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको स्पेक अनुसार नयाँ कारमा सीएटीएलको पछिल्लो प्रविधिको क्विलिन ब्याट्री हुनेछ र यसले १ हजार ७५ किलोमिटर रेन्ज दिनेछ ।

आगामी दिनमा बजारमा आउने नेटा एस सिंगल फ्रन्ट मोटरद्वारा संचालित हुनेछ र बढीमा २०० किलोवाटको पावर हुनेछ । यसको क्षमता ११७.०४ किलोवाट हुनेछ ।

नेटा एस सेडान चिनियाँ बजारमा सबैभन्दा पहिले २०२२ को जुनमा उपलब्ध भएको थियो । यो फुल्ली इलेक्ट्रिक ईभी र रेन्ज एक्सटेन्डर ईआरईभी सहित विभिन्न १० भेरिएन्टमा उपलब्ध छ । ती मध्ये यसले तीन प्रकारका रेन्ज ५२०, ६५० र ७१५ किलोमिटरको रेन्ज दिन सक्ने क्षमता छ । यसको मूल्य २६ हजार ६ सय देखि ४७ हजार ९ सय डलर सम्म छ ।

नेटा एसको फ्रन्ट फेस ल्याटिन अक्षर पाई बाट प्रभावित छ । कम्पनीका अनुसार यसको सेन्टर अफ ग्राभिटी कम अनुभव हुन्छ । त्यसैगरी यसको दुवैतिर भएका डे टाइम रनिङ लाइट स्पष्ट देखिन्छन् ।

यसमा भएको प्यानोरामिक सनरुफले ८५ प्रतिशत हिट र ९९.९ प्रतिशत अल्ट्राभायोलेट किरणलाई रोक्ने नेटाको दावी छ ।

इन्टेरियरमा २.५ के रिजोलुसन सहितको १७.६ इन्चको सेन्ट्रल कन्सोल भर्टिकल स्क्रिन छ । को–पाइलटका लागि १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन छ । यसमा कम्प्युटिङ प्ल्याटफर्म सपोर्ट गर्नका लागि क्वाल्कम स्न्यापड्रागन ८१५५ चिप छ । साउन्ड सिस्टमका लागि विभिन्न स्थानमा २१ स्पिकर रहेका छन् ।

सम्बन्धित समाचारहरू

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...

अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै...

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

काठमाडौँ – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...