१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण
सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...
सन् २०२२ मा १ लाख ५२ हजार भन्दा बढी नेटा इलेक्ट्रिक कार बिक्री भएको कम्पनीको भनाइ छ । याे गत वर्ष भन्दा ११८ प्रतिशत बढी हो । यो संगै होजोन अटोद्वारा उत्पादित इलेक्ट्रिक कार नेटा भी अन्य एसियाली राष्ट्रमा समेत प्रवेश गर्ने तयारी गरेको छ ।
थाइल्यान्ड, नेपाल लगायतका विभिन्न एसियाली राष्ट्रमा उपलब्ध नेटा भी आगामी दिनमा अन्य एसियाली राष्ट्रमा समेत प्रवेश गर्ने बताइएको छ ।
नेपाली बजारमा हाल चाइनिज र भारतीय इलेक्ट्रिक कार निर्माता कम्पनीका इलेक्ट्रिक सवारी साधन उपलब्ध छन् । तर चीन र भारतको बजार हेर्ने हो भने चीनको बजार करिव १०० गुणा नै बढी छ ।
चीनमा अन्य कम्पनीको बर्चस्व रहे पनि भर्खरै उदाउदै गरेका होजोन अटो लगायतका कम्पनीहरु विस्तारै उदाउदै गएका छन् ।
चीनले सन् २०३० सम्म इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा वर्ल्ड लिडर बन्ने लक्ष्य लिएको छ । यो कार्यमा चाइनिज कम्पनीहरुले क्वालिटी र पर्फमेन्सका लागि अब्बल सवारी साधन निर्माण गर्ने क्रमलाई तीव्रता दिएको अनुभव गर्न सकिन्छ ।
इलेक्ट्रिक सवारी साधन उत्पादनका लागि आवश्यक पर्ने ब्याट्री र विभिन्न कम्पोनेन्ट समेत चीनले नै उत्पादन गरिरहेको छ । धेरै भारतीय कम्पनीहरु समेत विभिन्न प्रविधिका लागि चाइनिज कम्पनीमै भर पर्ने गरेका छन् ।
नेपाली बजारमा पनि नेटा भी इलेक्ट्रिक कार उपलब्ध छ । गत जेठ महिनामा सीजी मोटर्सले भित्र्याएको नेटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको भनाइ छ ।
नेटा भीमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।
यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्छ ।
नेपाली बजारमा नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...
चीनीयाँ इभी जायन्ट बीवाईडीले यो वर्षको पहिलो तीन महिनामा कुल २ लाख ६४ हजार...
काठमाडौं – भारतको हैदराबादमा उत्पादन भएको दुई पांग्रे विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...