नेटा भीको मूल्य १ लाख बढ्यो : अबको मूल्य कति ?

काठमाडौं – सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनको कर बढाए पश्चात नेपाली बजारमा उपलब्ध नेटा भी इलेक्ट्रिक कारको मूल्य समेत बढेको छ । पहिले यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ भएकोमा अब १ लाख रुपैयाँ बढेर ३८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

नेटा भीमा ७० किलोवाटको मोटर छ । बजेटले ५० देखि १०० किलोवाटसम्ममा भन्सार ५ प्रतिशत बढाएको छ। यसअघि १० प्रतिशतको ठाउँमा १५ प्रतिशत भन्सार बनाइएको छ। यस अघि अन्तःशुल्क नभएकोमा अहिले १० प्रतिशत अन्तःशुल्क लगाइएको छ। यसरी समग्रमा १५ प्रतिशत कर बढेको छ । यसको प्रत्यक्ष असर नेटा भीमा परेको हो ।

बढेको मूल्य नयाँ गाडीमा मात्र लागु हुनेछ। बुकिङ गरिसकेका ग्राहकहरुले भने नेटा भी पुरानै मूल्यमा पाउने छन्।

सीजी मोटर्सले नेपाली बजारमा नेटा भी कार ल्याएको नेटा भी कारले एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको भनाइ छ ।

नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक भर्सनमा लन्च हुने भयो सुजुकी जिम्नी

इलेक्ट्रिक भर्सनमा लन्च हुने भयो सुजुकी जिम्नी

मारुती सुजुकीले प्लान २०३० अन्तर्गत इलेक्ट्रिक कारको बारेमा ठूलो घोषणा...

यस्तो छ नेपाली बजारमा बिक्री शुरु हुन लागेको ह्वाजीको मिनी इलेक्ट्रिक कार

यस्तो छ नेपाली बजारमा बिक्री शुरु हुन लागेको ह्वाजीको मिनी इलेक्ट्रिक कार

नेपाली इभी बजारमा अर्को नयाँ व्राण्डको मिनी कार भित्रिएको छ । चीनको...

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

काठमाडाैं – नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री मोटरसाइकल पी–० र पी–१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...