विद्युतीय गाडीमा प्रयोग हुने मोटरका प्रकार, कुन मोटर कति प्रभावकारी ?
काठमाडौं–विद्युतीय सवारीसाधन (ईभी) मा ब्याट्रीलाई सबैभन्दा महत्वपूर्ण...
सीजी मोटर्सले आजदेखि नेटा भी नेपाली बजारमा उपलब्ध गराउने भएको छ । केही दिन पहिले सार्वजनिक गरिएको यो कारको मूल्य ३८ लाख रुपैयाँ निर्धारण भैसकेको छ । यो नयाँ कारमा ईभी पारखीले सर्बाधिक चासो व्यक्त गर्दै आइरहेका छन् ।
यो कारको लुक्स तथा डिजाइन र फिचर्सको चौतर्फी प्रशंसा भैरहेको छ । चाइजिन अटो उत्पादक होजोन मोटर्सले उत्पादन गरेको यो कार नेपाल आउने चर्चा चुलिएसँगै ईभी पारखीले यसको मूल्य र ग्राउन्ड क्लियरेन्समा भने केही चासो राखेका छन् ।
१६० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो कार नेपाली सडकका लागि कस्तो होला भन्ने वारेमा धेरैले चासो राखेका छन् । यसैगरी चीनमा बिक्री हुँदै आइरहेको मूल्यलाई आधार मानेर नेपालमा निर्धारण गरिएको मूल्यका विषयमा समेत धेरैले चासो व्यक्त गरिरहेका छन् ।
बजेटमा सरकारले १०० किलोवाट पावरसम्मको ईभीमा पुरानै करलाई निरन्तरता दिने निर्णय गरेसँगै नेपाल भित्रिएको यो कारले यो सेग्मेन्टमा निकै राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले लन्च गर्न गैरहेको यो कारलाई प्रवद्र्धन गर्न कम्पनीले भोलिका दिनमा चार्जिङ पूर्वाधारलाई कसरी विस्तार गर्छ भन्ने विषय समेत चासोका साथ हेरिएको छ ।
एकपटकको फूल चार्जमा ४ सय किलोमिटर गुडाउन मिल्ने दावी गरिएको यो कारमा अत्याधुनिक प्रविधिको सिएटिएल व्याट्री प्रयोग गरिएको छ । व्याट्री र मोटरमा कम्पनीले ८ वर्ष अर्थात १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टि सेवा दिने बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...