रातको यात्रामा ड्राइभिङ गर्दा हाइ बिम र लो बिमको समन्वय गरौ यसरी
भीडभाडको सडक तथा राजमार्गमा रातको समयमा ड्राइभिङ गर्दा केहि नियमहरु...
हिजो अर्थात मार्च २५, नेटा अटोका लागि महत्वपूर्ण माइलस्टोन हासिल भएको दिन बनेको छ । कम्पनीले यो दिन कम्पनीद्वारा ठूलो संख्यामा उत्पादन भएको ४ लाखौ कार सार्वजनिक गरेको छ । अर्को पनि संयोग छ । सो ४ लाखौं कार कम्पनीद्वारा उत्पादित नयाँ मोडल नेटा एल रहेको छ ।
नेटा एल कम्पनीको नयाँ एसयूभी मोडल हो । यससँगै नेटा अटो पनि प्रिमियम ईभी बजारमा प्रवेश गरेको सन्देश दिएको छ । पहिले नै यसका वारेमा केही जानकारी सार्वजनिक भए पनि अब यो औपचारिक रुपमा सार्वजनिक भएको छ । आगामी अप्रिल देखि यसको डेलिभरी शुरु हुने बताइएको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४७७० एमएम, १९०० एमएम र १६६० एमएम रहेको छ भने ह्विलबेस २८१० एमएम रहेको छ । सो एसयूभी ब्ल्याक, ह्वाइट र पिंक कलरमा उपलब्ध हुनेछ ।
नेटा एलमा डट–म्याट्रिक्स ग्रिल डिजाइन सहितको क्लोज्ड फ्रन्ट इन्ड र ट्रापेजोइडल एयर इन्टेक भएको फ्रेस डिजाइन लुक प्रदान गरिउको छ । यसमा भएको एल आकारको हेडलाइट एसेम्बलीसँगै फरक खाले थ्री–सेगमेन्ट एलईडी डे टाइम रनिङ लाइट छ । त्यसैगरी एरोडाइनामिक ड्रयाग घटाउनका लागि फ्लस डोर ह्यान्डल उपलब्ध छ, जसले यसलाई अझै आधुनिक बनाएको छ ।
एसयूभीको साइड प्रोफाइललाई आकर्षण बनाउन डबल वेस्टलाइन डिजाइनले सहयोग पु¥याएको छ ।
भित्रीभागमा भएको र्याप अराउन्ड ककपिट डिजाइन तथा यहाँ भएको ठूलो ड्युअल–स्क्रिन सेटअप तथा कार रेफ्रिजेरेटरले स्पोर्टी लुक प्रदान गरेको छ । पछिल्लो भागमा भएको ट्रे टेबुलले यसमा लक्जरी फिल दिन्छ ।
सान्हाई प्ल्याटफर्ममा निर्मित नेटा एल बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल र आरईईभी अर्थात रेन्ज–एक्सटेन्डेड इलेक्ट्रिक भेइकल गरी दुई भर्सनमा उपलब्ध हुनेछ ।
बीईभीमा १७० किलोवाटको मोटर तथा एसभोल्टको लिथियम आइरन फस्फेट वा क्याटलको एल सिरिज ब्याट्री हुनेछ । आईईभीमा भने १.५ लिटर फोर सिलिन्डर नेचुरल्ली एस्पिरेटेड जेनेरेटर हुनेछ, जसले ६७ किलोवाट आउटपुट दिनेछ र यसलाई एसभोल्टको लिथियम आइरन फस्फेट ब्याट्रीसँग पेयर गरिने छ ।
चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी नेटा अटोले सन् २०२२ जनवरीमा १ लाख सवारी साधन उत्पादनको माइलस्टोन हासिल गरेको थियो भने सन् २०२३ को मे महिनामा ३ लाख उत्पादन गरेको थियो ।
यस अनुसार १० महिना भन्दा कम समयमै ३ लाखबाट ४ लाखको माइलस्टोन हासिल गर्न सफल भएको हो ।
नेटा अटोले हाल स्पोर्ट्स कार देखि कुपे तथा एसयूभी सम्म सबै रेन्जका सवारी साधन उत्पादन गर्न सफल भएको सन्देश विश्वलाई दिएको छ ।
भीडभाडको सडक तथा राजमार्गमा रातको समयमा ड्राइभिङ गर्दा केहि नियमहरु...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...