डल्फिन र एट्टो ३ बनेको ई–प्लेटफर्म ३.० के हो ? के छ यसको विशेषता ?
नेपालमा इलेक्ट्रिक कार खरिद गर्ने अधिकांश ग्राहकले फिचर र रेन्जमा बढी जोड...
काठमाडौं– चिनियाँ कार निर्माता होजोन अटो(नेटा) ले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको छ ।
२०२५ मा बिक्रीलाई दोब्बर पार्दै नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुने जनाइएको छ । नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो ।
चाइना ईभी डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो । यद्यपि नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् ।
डुन्यूजको रिपोर्टअनुसार नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार राज्य–स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएका हुन् ।
२०२३ को जनवरीमा नेटा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो । नेटाको एल क्रसओभर सीएटीएल को फ्रीभोय ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरूमध्ये एक हो । यसले नेटा र सीएटीएलबीच लामो साझेदारी रहेको देखाउँछ । हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ ।
नेपालमा इलेक्ट्रिक कार खरिद गर्ने अधिकांश ग्राहकले फिचर र रेन्जमा बढी जोड...
क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले चिनियाँ विद्युतीय...
बेइजिङ अटो शोमा बीवाईडीले नयाँ ओसन–एम कन्सेप्ट सार्वजनिक गरेको छ । यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...