नेटा र सीएटीएलले ब्याट्री र अन्य प्रविधिमा १० वर्ष सम्म सहकार्य गर्ने

चाइनिज ईभी कम्पनी नेटा अटो र ब्याट्री कम्पनी उत्पादक सीएटीएल बिच १० वर्षका लागि रणनीतिक साझेदारी गर्ने सम्झौता भएको छ ।

गत शुक्रबार सांघाईमा भएको सो सम्झौता अनुसार २०२५ देखि २०३४ सम्म सीएटीएलले नेटाका ईभीका लागि पावर ब्याट्री निर्माण गर्नेछ ।

दुवै कम्पनीले संयुक्त रुपमा शून्य कार्वन, सीएटीएल इन्टिग्रेटेड इन्टेलिजेन्ट च्यासिस (सीआईआईसी), ब्याट्री स्वाप, भेइकल टु ग्रिड (भीटुजी), ब्याट्री रिसाइक्लिङ र बजार विकासमा समेत काम गर्ने छन् ।

नेटा र सीएटीएलले पहिले देखि नै अन्य क्षेत्रमा समेत सहकार्य गर्दै आएका छन् । यो नयाँ सहकार्यबाट नेटालाई ‘चीनको नेटा’ बाट ‘विश्वको नेटा’ मा रुपान्तरण गर्ने विश्वास नेटा अटोले लिएको बताएको छ ।

नेटाले यही वर्षको सेकेन्ड हाफमा सार्वजनिक गर्ने अनुमान गरिएको नेटा एसमा नेटा र सीएटीएलले विकास गरेको सीआईआईसी च्यासिस प्रयोग गर्ने बताएको छ ।

सन् २०१४ अक्टोबरमा स्थापित नेटा चीनको प्रसिद्ध कम्पनी होजोन अटोको ईभी ब्रान्ड हो । त्यसैगरी सीएटीएल विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता कम्पनी हो ।

नेपाली बजारमा पनि सीजी मोटर्सले नेटा अटोद्वारा उत्पादित ईभी बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बैशाख महिनामा नेपाल भित्रिए १,४३४ ईभी, हाल सम्म कति ?

बैशाख महिनामा नेपाल भित्रिए १,४३४ ईभी, हाल सम्म कति ?

काठमाडौं – चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्त सम्म नेपालमा ८...

ओमोडाको नेपालमा १ वर्ष पुरा, ८५० ईभी सडकमा, जेकोको २ नयाँ मोडल आउँदै

ओमोडाको नेपालमा १ वर्ष पुरा, ८५० ईभी सडकमा, जेकोको २ नयाँ मोडल आउँदै

काठमाडौं–चिनियाँ अटो निर्माता चेरी अन्तर्गतको ईभी ब्रान्ड ओमोडा नेपाल...

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मर्सिडिज भिजन वान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...