नेटा अटोले उत्पादन पार ग-यो ३ लाख युनिट उत्पादनको माइलस्टोन

प्रसिद्ध चाइनिज इलेक्ट्रिक कार कम्पनी नेटा अटोले आफ्नो ३ लाखौं कार उत्पादन गरेको अवसरमा खुसी मनाएको छ । यो भन्दा पहिले १ लाखौं कार एसेम्बली लाइनबाट बाहिरिएको १६ महिनापछि नै कम्पनीले आफ्नो ३ लाखौं गाडीको उत्पादन गरेको अवसरमा खुसी मनाउन पाएको हो । यसरी ३ लाखौं कार बन्न सफल भएको छ नेटा जीटी ।

त्यसैगरी नेटा अटोले सन् २०२३ मा आफ्नो बिक्री दोब्बर बनाउने लक्ष्य राखेको छ र यो वर्ष मात्रै ३ लाख युनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।

नेटा अटोले पार गरेको यो कोशेढुङ्गाको यात्रा उल्लेखनीय रहेको छ । गत वर्ष, नेटा अटोले १ लाख ५२ हजार ७३ युनिटको बिक्री रेकर्ड गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११८ प्रतिशतले बढी थियो । त्यसैगरी कम्पनीले सन् २०२२ मा ३ हजार ४५६ युनिट कार विदेश निर्यात गरेको थियो ।

सन् २०२२ को जनवरीमा नेटा अटोले १ लाख सवारी साधन उत्पादनको माइलस्टोन पार गरेको घोषणा गरेको थियो । यसको १६ महिना पछि नै कम्पनीले थप २ लाख युनिट पार गरेको छ ।

नेटाले अन्तर्राष्ट्रिय बजारमा नेटा भी सब–कम्प्याक्ट क्रसओभर उपलब्ध गराइरहेको छ, जुन नेपाल लगायत थाइल्यान्ड, मलेसिया, दक्षिण अमेरिका, मध्यपूर्व आदि देशहरुमा बिक्री भइरहेको छ । कम्पनीले नेटा भी, नेटा यु, नेटा एस र नेटा जीटी गरी चार इलेक्ट्रिक कार उपलब्ध गराइरहेको छ ।

चाइनिज कम्पनी होजोन अटोले सन् २०१८ मा नयाँ ब्रान्डको रुपमा नेटा अटो लन्च गरेको थियो । त्यसपछि मात्र कम्पनीले विभिन्न मोडलका सवारी साधन उत्पादन थालेको थियो ।

नेपाली बजारमा उपलब्ध नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसममा ३८.५ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाटको मोटर रहेको छ । यसले सिंगल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

टियागो ईभी अन्तर–विद्यालय कला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

टियागो ईभी अन्तर–विद्यालय कला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडाैं – टियागो ईभी कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम...

अल्ट्राभोइलेट -याली भाेलि हुँँदै, नाडा महासचिव र कलाकार पन्तले उदघाटन गर्ने

अल्ट्राभोइलेट -याली भाेलि हुँँदै, नाडा महासचिव र कलाकार पन्तले उदघाटन गर्ने

काठमाडौं – भाेलि शनिबार काठमाडौंदेखि–ककनीसम्म हुने अल्ट्राभोइलेट -याली...

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर आज लन्च गर्दै

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर आज लन्च गर्दै

हिरोले फेस्टिभ सिजनको अवसरमा हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा आज भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...