यस्तो हुनेछ काठमाडौं–पोखरा चल्ने सुन्दर यातायातको विद्युतीय बस
काठमाडौं – सुन्दर यातायातले काठमाडौं देखि पोखरा सम्म चल्ने विद्युतीय बस...
चिनियाँ इलेक्ट्रिक कार निर्माता नेटाले भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल थप गरेको छ । उसले चाओ३०० र चाओ ४०० मोडल थप गरेको हो । यी दुवै मोडल कस्टमाइज एडिसन रहेको जनाइएको छ । यी दुई मोडलको मूल्य चिनियाँ बजारमा क्रमश १३ हजार २२५ र १४ हजार २९७ अमेरिकन डलर कायम गरिएको छ ।
यी नयाँ मोडलमा नेटाले हाल कायम रहेको डिजाइन र लुक्सलाई निरन्तरता दिएको छ । यी इलेक्ट्रिक कारको अगाडीको दुवै साइडमा पोलिगनल हेडलाइट र पछाडी वाई आकारको टेल लाइट दिइएको छ । यसैगरी यसको चाओ३०० मोडलमा लेदर स्टेरिङ ह्विल, लेदर सिट, १४.६ इन्चको सेन्ट्रल कन्ट्रोल र एलइडी लाइट उपलब्ध छ ।
अर्को मोडल चाओ४०० मा व्रेकिङ एसिस्टेन्स, लेन डिपार्चर वार्निङ, लेन किपिङ एसिस्टेन्स, एक्टिभ व्रेकिङ, थकान ड्राइभिङ वर्निङ, फ्रन्ट पार्किङ राडर, एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटेड भ्यालेट पार्किङ, ड्राइभिङ रेकर्डर र फ्रन्ट वायरलेस चार्जिङ जस्ता अत्याधुनिक फिचर्स दिइएको छ ।
यी दुई कारमध्ये चाओ३०० को अधिकतम पावर ५४ एचपी र टर्क ११० एनएम एवं रेन्ज ३०१ किलोमिटर रहेको छ भने चाओ४०० को पावर ९५ एचपी र टर्क १५० एनएम एवं रेन्ज ४०१ किलोमिटर रहेको दावी गरिएको छ ।
नेटा भी नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको इलेक्ट्रिक कार हो । ३ महिनाअघि नेपाल भित्रिएको यो कारलाई सिजी मोटर्सले आयत गरी कारोबार गर्दै आइरहेको छ । नेपाली बजारमा उपलव्ध नेटा भीको मूल्य ३८ लाख रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं – सुन्दर यातायातले काठमाडौं देखि पोखरा सम्म चल्ने विद्युतीय बस...
टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बिक्री गर्न नपाउने भएको छ ।...
काठमाडौं – टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक योममा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...