फिलिपिन्स सर्किटमा मोटरसाइकल कुदाउन प्रस्थान गरे नेपाली मोटरसाइकल रेसर

काठमाडौं – एसियाली मोटरसाइकल फेडेरेसन (FIM ASIA) को आयोजनामा डिसेम्बर १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसिया कप अफ रोड रेसिङ्ग (ACRR) फाइनल राउण्डमा भाग लिन दुई सदस्यिय नेपाली टोली आज फिलिपिन्स प्रस्थान गरेको छ ।

नेपाली राइडर यूकेश थापा तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव विनोद तन्डुकार अफिसियलको रुपमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल, उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख अनिल कुमार बराल, मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने, एथलिट कमिसनका प्रमुख कृष्ण पौडेल, राइडरका मातापिता तथा मोटरस्पोर्टस् नेपाल क्लबका खेलाडीहरुले नेपाली टोलीलाई आज बिदाइ गरे ।

टारल्याक सर्किट हिल ट्रयाकमा हुने २०० सीसीका मोटरसाइकलको सो रेसमा एसिया महादेशका १० देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् । १५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौडाईको उक्त ट्रयाकमा १५ वटा मोडहरु रहने छन् ।

नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, सिंगापुर, इरान, श्रीलंका, ताइवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।

सम्बन्धित समाचारहरू

छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकमा ट्राफिक सचेतनामूलक चित्रकला

छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकमा ट्राफिक सचेतनामूलक चित्रकला

सडक सुरक्षा सप्ताहमा दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले पनि साना...

सिंगापुरमा सम्पन्न भयो एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङ, नेपालबाट दुई प्रतिनिधि सहभागी

सिंगापुरमा सम्पन्न भयो एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङ, नेपालबाट दुई प्रतिनिधि सहभागी

नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एशिया प्यासिफिक स्तरीय एफआईए...

आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...