लगातार छैटौँ वर्ष पनि बिक्रीका आधारमा विश्वकै टप अटोमोबाइल निर्माता कम्पनी बन्यो टोयोटा
विश्वको सबैभन्दा धेरै सवारी साधन बिक्री गर्ने अटो निर्माता कम्पनीको रूपमा...
टोयोटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाली बजारमा हालसालै कम्प्याक्ट एसयूभी राइज लन्च गरेको छ । इन्डोनेशियामा उत्पादन भएको यो एसयूभी टोयोटाको नेपालमा उपलब्ध मोडलमध्ये सबैभन्दा सस्तो एसयूभी हो । राइज आउनुअघि इन्डोनेशियाबाटै आयात हुने रस एसयूभी सबैभन्दा सस्तो मोडलका रहेको थियो ।
नेपालमा टोयोटाका गाडीहरु जापान, भारत, थाइल्यान्ड र इन्डोनेशियाबाट आयात हुन्छन् । जसमध्ये कम सीसी क्षमताका राइज र रसलाई कम्पनीले इन्डोनेशियास्थित प्लान्टबाट आयात गर्दै आएको हो । नेपालमा टोयोटालाई बलियो, उच्च पावर भएको र महंगो ब्रान्डका रुपमा लिने गरिन्छ । जसका कारण महंगो र प्रिमियम सेग्मेन्टमा यसको बजार हिस्सा सबैभन्दा माथि छ ।
३ बर्षअघि भित्रिएको रस एसयूभीलाई सुरुवाती मूल्य ६१ लाख ९० हजार रुपैयाँमा कारोबार थालेपनि यसले सोचेअनुरुप बजार भने लिन सकेन । हाल यसको मूल्य बढेर ८६ लाख ५० हजारदेखि ८८ लाख ७५ हजार रुपैयाँसम्म पुगेको छ । मूल्य बढेसँगै यो एसयूभीलाई बिक्री गर्न कम्पनीलाई अहिले हम्मेहम्मे परिरहेको छ । यो एसयूभीमा १.५ लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ, जसको अधिकतम पावर १०५ एचपी र टर्क १४० एनएम रहेको छ । २२० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको यो एसयूभीलाई अफरोडमा समेत सहजै ड्राइभ गर्न सकिन्छ । ३ बर्षको अवधिमा जम्माजम्मी ३ सय हाराहारी युनिट बिक्री भएको भनिएको यो एसयूभी टायोटाको अन्य एसयूभी सरह लक्जरियस र हाई पर्फमेन्सयुक्त नभएको भनि आलोचना हुने गरेको छ ।

रसभन्दा झन्डै २० लाख रुपैयाँ कम मूल्य निर्धारण गरिएको राइजको बजार कस्तो रहला भन्ने विषयमा अहिले नै सही अनुमान लगाउन नसकिए पनि यो एसयूभीको बजार निकै चुनौतीपूर्ण रहने देखिएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अहिले बजार निकै प्रतिस्पर्धात्मक देखिएको र यो सेग्मेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोसको लोकप्रियता बढिरहेका कारण राइजको बजार चुनौतीपूर्ण हुने अनुमान लगाउन सकिन्छ । यो एसयूभीको मूल्य ६६ लाख देखि ८६ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
१.२ लिटर इनलाइन थ्री सिलिन्डर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध यो एसयूभीको मूल्य टोयोटाको हाल विद्यमान मोडलको तुलनामा सस्तो परेपनि प्रतिस्पर्धी ब्रान्डको तुलनामा भने धेरै नै महंगो हो । पहिलो चरणमा हाल १.२ लिटर इन्जिनयुक्त एसयूभी मात्र नेपाली बजारमा उपलब्ध छ ।
मूल्यका हिसावले हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा बिआरभी, निसान किक्स, रेनो डस्टर, स्कोडा कुशाक, फक्सवागन टाइगुन आदिको तुलनामा यो एसयूभी निकै ठूलो मूल्य अन्तरले महंगो देखिएको छ । जसका कारण समेत यो एसयूभीको कारोबार सोचे अनुरुप नहुने देखिन्छ । यद्यपि टोयोटको विल्ड क्वालिटी, लक्जरी फिचर्स, ब्रान्ड भ्यालु र उच्चतम पावर तथा पर्फमेन्स जस्ता पक्षलाई महत्व दिने ग्राहकले महंगै मूल्य तिरेर भएपनि यो एसयूभी खरिद गर्न सक्नेछन् ।
विश्वको सबैभन्दा धेरै सवारी साधन बिक्री गर्ने अटो निर्माता कम्पनीको रूपमा...
काठमाडौं – टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार...
टोयोटाले आफ्नो लोकप्रिय पिकअप हाइलक्सको नयाँ जेनेरेशनबारे केही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...