बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल...
आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।
यसै सन्दर्भमा नेपाली बजारमा इलेक्ट्रिक कार बिक्रीका लागि उपलब्ध गराइरहेका कम्पनी र अन्य सरोकारवालाहरुले पनि वातावरण संरक्षणको क्षेत्रमा कार्य गरिरहेका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले प्रदूषण निम्त्याउने र इलेक्ट्रिक सवारी साधनले भने त्यसो नगर्ने हुनाले उनीहरुले वातावरण संरक्षणको क्षेत्रमा समेत कार्य गर्दै आएको बताउने गरेका छन् ।
टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्थामार्फत यस्ता विभिन्न कार्य विभिन्न ब्रान्चहरुमा गरिरहेको हुन्छ । अहिले पनि देशका विभिन्न स्थानमा वृक्षारोपण लगायतका कार्य सम्पन्न भएको कम्पनीको भनाइ छ । विभिन्न समयमा हुने ईभी र्याली र अन्य छलफल कार्यक्रममा समेत कम्पनी सामेल भइरहेको भनाइ छ ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यो वर्ष वृहत रुपमा वृक्षारोपण कार्य गर्ने योजना बनाएको र यसको तयारी अझै पुरा नभएकाले कार्यक्रम केही समय पछि मात्र गर्ने बताएको छ । साइमेक्स इंकले गत वर्ष बीवाईडीका ब्रान्ड एम्बेसडर बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।
ओमोडाको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले टी–२० क्रिकेटमा नेपाली खेलाडीहरुले लिने प्रत्येक रन, चौका, छक्का र विकेट वापत विभिन्न संख्यामा रुख रोप्ने योजना बनाएको बताएको छ । यस अनुसार प्रत्येक रन वापत एउटा रुख, चौका वापत ५ रुख र छक्का तथा विकेट वापत १० रुख रोप्ने योजना भएको कम्पनीको भनाइ छ । यसका लागि कम्पनीले ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नारा ल्याएको छ ।
महालक्ष्मी विकास बैंकले पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । हरित पर्यावरणीय योजनालाई निरन्तरता दिदै आफ्नो वार्षिकोत्सव महिना (जेठ) को रुपमा रहेको ३० औं वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको बैंकको भनाइ छ ।
आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ ।
बैंकले दुईवटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको छ । हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यले कार्यालयमा प्रयोग हुने सवारीमा क्रमशः विद्युतीय गाडीको प्रयोग बढाउँदै जाने बताइएको छ । यस्ता कार्यक्रमले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देशमार्फत् मानिस भूमिमा निर्भर रहेको तर प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले पृथ्वी अर्थात् भूमि खराब बन्दै गएको बताएका छन् । उनले पृथ्वीलाई स्वच्छ राख्दा मानवसँगै सबै जीवजन्तुको भविष्य सुरक्षित रहने पनि बताए ।
नेपालमा वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय, मातहतका निकाय र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका छन् । तर ती प्रयासबाट अपेक्षा अनुसारको उपलब्धि हुन नसकेको टिकाटिप्पणी हुँदै आएको छ । वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकोतर्फ सबै सचेत हुनुपर्नेमा विज्ञको जोड छ ।।
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल...
बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय...
काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...