२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने
नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र...
आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।
यसै सन्दर्भमा नेपाली बजारमा इलेक्ट्रिक कार बिक्रीका लागि उपलब्ध गराइरहेका कम्पनी र अन्य सरोकारवालाहरुले पनि वातावरण संरक्षणको क्षेत्रमा कार्य गरिरहेका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले प्रदूषण निम्त्याउने र इलेक्ट्रिक सवारी साधनले भने त्यसो नगर्ने हुनाले उनीहरुले वातावरण संरक्षणको क्षेत्रमा समेत कार्य गर्दै आएको बताउने गरेका छन् ।
टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्थामार्फत यस्ता विभिन्न कार्य विभिन्न ब्रान्चहरुमा गरिरहेको हुन्छ । अहिले पनि देशका विभिन्न स्थानमा वृक्षारोपण लगायतका कार्य सम्पन्न भएको कम्पनीको भनाइ छ । विभिन्न समयमा हुने ईभी र्याली र अन्य छलफल कार्यक्रममा समेत कम्पनी सामेल भइरहेको भनाइ छ ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यो वर्ष वृहत रुपमा वृक्षारोपण कार्य गर्ने योजना बनाएको र यसको तयारी अझै पुरा नभएकाले कार्यक्रम केही समय पछि मात्र गर्ने बताएको छ । साइमेक्स इंकले गत वर्ष बीवाईडीका ब्रान्ड एम्बेसडर बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।
ओमोडाको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले टी–२० क्रिकेटमा नेपाली खेलाडीहरुले लिने प्रत्येक रन, चौका, छक्का र विकेट वापत विभिन्न संख्यामा रुख रोप्ने योजना बनाएको बताएको छ । यस अनुसार प्रत्येक रन वापत एउटा रुख, चौका वापत ५ रुख र छक्का तथा विकेट वापत १० रुख रोप्ने योजना भएको कम्पनीको भनाइ छ । यसका लागि कम्पनीले ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नारा ल्याएको छ ।
महालक्ष्मी विकास बैंकले पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । हरित पर्यावरणीय योजनालाई निरन्तरता दिदै आफ्नो वार्षिकोत्सव महिना (जेठ) को रुपमा रहेको ३० औं वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको बैंकको भनाइ छ ।
आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ ।
बैंकले दुईवटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको छ । हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यले कार्यालयमा प्रयोग हुने सवारीमा क्रमशः विद्युतीय गाडीको प्रयोग बढाउँदै जाने बताइएको छ । यस्ता कार्यक्रमले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देशमार्फत् मानिस भूमिमा निर्भर रहेको तर प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले पृथ्वी अर्थात् भूमि खराब बन्दै गएको बताएका छन् । उनले पृथ्वीलाई स्वच्छ राख्दा मानवसँगै सबै जीवजन्तुको भविष्य सुरक्षित रहने पनि बताए ।
नेपालमा वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय, मातहतका निकाय र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका छन् । तर ती प्रयासबाट अपेक्षा अनुसारको उपलब्धि हुन नसकेको टिकाटिप्पणी हुँदै आएको छ । वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकोतर्फ सबै सचेत हुनुपर्नेमा विज्ञको जोड छ ।।
नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र...
काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ अब १००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...