बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौँ–नेपाल प्रहरीले नेपालभित्र सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका सवारी साधनहरूको दुरुपयोग, अवधिविना सञ्चालन र व्यावसायिक प्रयोग नियन्त्रण गर्न विशेष निर्देशन जारी गरेको छ ।
यसले राजस्व चुहावट, गैरकानुनी गतिविधि र सुरक्षा जोखिम बढाएको ठहर गर्दै प्रहरी प्रधान कार्यालयले देशभरका ट्राफिक प्रहरी र राजमार्ग सुरक्षा कार्यालयहरूलाई कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाबाट जारी भएको निर्देशनअनुसार हाल विभिन्न नाकाबाट प्रवेश गर्ने विदेशी सवारी साधनहरूको अनियमित प्रयोग, तोकिएको समय अवधि नाघी सञ्चालन र व्यावसायिक रूपमा प्रयोग हुने गरेको पाइएको छ ।
विदेशी नम्बर प्लेट भएका सवारी साधन देखिएमा भन्सारबाट जारी गरिएको पास तथा चलान, अनुमति अवधि, प्रवेश नाका लगायत अनिवार्य जाँच गर्न भनिएको छ । उल्लङ्घन भएको पाइएमा सवारी साधन तत्काल नियन्त्रणमा लिई नजिकको भन्सार कार्यालयमा बुझाउने र भन्सार ऐन अनुसार कारबाही गर्न निर्देशन जारी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...