१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

रोयल इन्फिल्डले एक आर्थिक वर्षमा विश्वभर १० लाख मोटरसाइकल बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ । सोही समाचारले विश्व बजार तताइरहेको समयको छेको पारेर नेपालमा पनि नयाँ मोटरसाइकल न्यु क्लासिक ३५० सार्वजनिक गरियो ।

सो समारोहमा रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरिया आफै उपस्थित भए । उनले सो मोटरसाइकल लन्च गर्नुका साथै रोयल इन्फिल्डको लोभ लाग्दो प्रगति वारेमा विशेष प्रस्तुतिकरण समेत गरे ।

रोयल इन्फिल्डका लागि नेपाल एउटा आकर्षक बजार बनेको छ । विशेष गरी अल्फा अटोमोटिभले नयाँ आयातकर्ताको रुपमा आफूलाई उभ्याउँदै नयाँ रणनीतिका साथ नेपाली बजारमा अगाडि बढे पश्चात झन यसको चर्चा बढ्दो छ ।

सन् १९०१ बाट बिक्री प्रारम्भ भएको रोयल इन्फिल्डका बाइक हाल नेपाल सहित १२० देशका राइडरहरुले प्रयोग गर्छन् भने ६९ देशबाट बिक्री हुन्छ । ६९ देशमा बिक्री हुने बाइक नै अन्य देशमा समेत विभिन्न राइडरहरुले पु-याउने गरेको पाइन्छ ।

नेपालमा त भारतबाट ल्याएको किट्स नै एसेम्बल भएर बिक्री हुन्छ । यसको अर्थ नेपालमा रोयल इन्फिल्डको एसेम्बलिङ प्लान्ट नै छ । यसकारण पनि पहिले भन्दा कम मूल्यमा अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इन्फिल्डका बाइक बिक्री गरिरहेको छ । तर पनि कुनै पनि मोटरसाइकलमा कुनै पनि गुनासो नआएको गुलेरियाले बताए ।

रोयल इन्फिल्ड भारतमा समेत सबैभन्दा धेरै बिक्री हुने ब्रान्डमा पर्छ । गत आर्थिक वर्ष अर्थात सन् २०२४-२५ मा रोयल इन्फिल्डले पहिलो पटक १० लाख भन्दा बढी अर्थात १० लाख ९ हजार ९०० मोटरसाइकल बिक्री गरेर रेकर्ड कायम ग-यो ।

आर्थिक वर्ष २०२४–२५ मा रोयल इन्फिल्डले भारतिय बजरमा ९ लाख २ हजार ७५७ युनिट बिक्री गरेको छ भने निर्यात समेत ३७ प्रतिशतले बढाएर १ लाख ७ हजार १४३ युनिट पुर्याएको छ । जवकी गत आर्थिक वर्षमा कम्पनीले भारतमा ८ लाख ३४ हजार ७९५ युनिट मोटरसाइकल बिक्री गरेको थियो ।

यसरी निर्यात हुने मोटरसाइकल बजारमा नेपाल अग्रणी मानिन्छ । यसरी निर्यात हुने मोटरसाइकल मध्ये नेपालमा १० प्रतिशत भन्दा बढी मोटरसाइकल बिक्री भएका छन् । गत वर्ष करिव १० हजार मोटरसाइकल बिक्री भएकोमा यो वर्ष अझै बढ्ने निश्चित भइसकेको छ । सानो देश भएर पनि नेपालमा यसरी रोयल इन्फिल्डले एउटा राम्रो बजार निर्माण गरेको छ ।

रोयल इन्फिल्डका मोटरसाइकलको गुणस्तरीयता र पर्फमेन्स लगायतका फिचरले धेरैलाई लोभ्याउँछ । यो सबैलाई थाहा भएकै कुरा हो । तर यसरी सबैतिर रोयल इन्फिल्डको दबदबा कायम हुनुमा विशेषतः तीन कुराले भूमिका खेलेको गुलेरियाको भनाइ छ । ती तीन कुरा हुन् – कम्युनिटी, कल्चर र क्राफ्ट । नेपालमा भएका धेरै राइड कम्युनिटीहरुले यसमा महत्वपूर्ण भूमिका निभाएका छन् । समय समयमा विभिन्न स्थानमा घुम्ने, रमाउने र पर्यटन प्रवर्धन गर्ने कल्चर तथा मोटरसाइकल जुनसुकै स्थानमा पनि पुग्न सक्ने क्षमताका कारण यसैमा सवार हुन रुचाउने युवा र अन्य सबै उमेर समूहका व्यक्तिहरुको चाहना भएको पाइन्छ ।

नेपाली टु ह्विलर बजार अलि सुस्ताएको मानिन्छ । तर पनि यो समयमा समेत अल्फा अटोमोटिभले राम्रो संख्यामा मोटरसाइकल बिक्री गर्न सफल भएको छ । यसमा मोटरसाइकलको गुणस्तरीयता र बिक्री पछिको सेवा लगायतले महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एकैपटक १२ युनिट हिमालयन ४५० हस्तान्तरण

एकैपटक १२ युनिट हिमालयन ४५० हस्तान्तरण

रोयल इनफिल्डले नेपाल ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकल ‘हिमालयन ४५०’...

रोयल इन्फिल्डद्वारा दुर्लभ अर्थ म्याग्नेटको संकट समाधान गर्दै उत्पादन पुनः सुरु

रोयल इन्फिल्डद्वारा दुर्लभ अर्थ म्याग्नेटको संकट समाधान गर्दै उत्पादन पुनः सुरु

राेयल इन्फिल्डले चीनको दुर्लभ अर्थ म्याग्नेटको निर्यात प्रतिबन्धले रोयल...

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...