आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने
दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना...
अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडेरेसन (एफआईएम) को वार्षिक सधारण सभा इटालीको रिमिनी शहरमा चलिरहेको छ । गत डिसेम्बर १ मा प्रारम्भ भएको सो सभा आगामी डिसेम्बर ५ सम्म चल्ने छ ।
सधारण सभाले आगामी चार बर्षको लागि अध्यक्ष र केही रिक्त सदस्यको समेत निर्वाचन गर्नेछ । जसको लागि बहालवाला अध्यक्ष पोर्चुगलका जर्ज भेगास पुनः उम्मेदवार छन्। नेपालको तर्फबाट नासा नेपाल उनको समर्थक समेत रहेको छ ।
नेपालबाट नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) पुर्ण सदस्यको रुपमा सहभागी भइरहेको छ । प्रमुख सल्लाहकार गोविन्द भट्टराई र बागमती प्रदेश अध्यक्ष राजन पिया सो सधारण सभाको लागि इटली पुगेका छन् ।
साधारण सभाले वार्षिक प्रतिबेदन अनुमोदन गरी आगामी वार्षिक कार्ययोजना समेत पारित गर्नेछ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदन तथा महादेशीय रिपोर्ट समेत प्रस्तुत गरिने सो साधारण सभाले नेपाल लगायतका देशमा भएका परियोजना समेतको मुल्यांकन गर्नेछ। बिश्वका ११८ देशका मोटरसाइकल फेडेरेसनहरु सदस्य रहेको एफआईएमको स्पोर्ट्स र बियोन्ड स्पोर्ट्स गरी दुई वटा टायर रहेका छन् भने गत वर्षदेखि मोटरसाइकल फाउन्डेसन नामक तेस्रो टायर समेत थपिएको छ।
सन २०२२ का मोटोजिपी लागायतका सम्पुर्ण इभेन्टका विजेताहरुलाइ डिसेम्बर ३ तारिखका दिन अवार्ड सेरोमोनी मार्फत पुरस्कृत गरिने छ जुन एफआईएम साधारण सभाको मुख्य आकर्षण हो। त्यसैगरी एफआईएम एसियाको बार्षिक मिटिङ समेत सोही स्थानमा जनवरी ४ का दिन हुनेछ । सन् १९०४ मा स्थापित एफआईएम अन्तर्राष्ट्रिय ओपम्पिक कमिटीारा मान्यता प्राप्त संस्था हो ।
सो साधारण सभा तथा विभिन्न मिटिङ र छलफलमा भाग लिने नेपाली अफिसियललाई नासा नेपालका अध्यक्ष दशरथ रिसालले काठमाडौको त्रिभुवन विमानस्थलमा विदाई गरेका थिए ।
सन् २०११ मा नासा नेपाल यसको सदस्य भएको हो भने सन् २०१२ देखि फुल मेम्बरको रुपमा सहभागी भैरहेको छ। १० वर्षको अवधिमा एफआईएमले नेपालमा विमेन इन मोटरसाइक्लिङ, टु व्हिल टुरिङग र सेफ्टी राइडिङ लागायतका कार्यक्रममा सहयोग गरिरहेको छ। त्यस्तै नेपाली राइडर्सले थुप्रै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिता जनाइसकेका छन्।
दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको...
काठमाडौं – नेपालका प्रसिद्ध बाइक राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...