काठमाडौं – नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले सर्वसम्मत रुपमा ५२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, प्रथम उपाध्यक्षमा पूर्णचन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा वसन्त भुसाल, तृतीय उपाध्यक्षमा धर्म बस्याल, महासचिवमा सुरेश खत्री, उपमहासचिवमा फणिन्द्र भट्ट, सचिवद्वयमा महेश पौडेल र यादबलाल श्रेष्ठ, कोषाध्यक्षमा सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन् ।
त्यसैगरी महाधिवेशनबाट प्रदेश संयोजकहरु पनि चयन भएका छन् । प्रदेश १ मा धर्म श्रेष्ठ, प्रदेश २ मा दुर्गानन्द शाह, बागमती प्रदेशमा उत्तमराज विष्ट, गण्डकी प्रदेशमा निश्चल पोखरेल, लुम्बिनी प्रदेशमा चक्रपाणि शर्मा र कर्णाली प्रदेशमा मदनबहादुर खड्का संयोजक चयन भएका छन् । सुदूर पश्चिम संयोजक पछि मनोनित हुने बताइएको छ ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघको स्थापना २०६६ सालमा भएको थियो । व्यवसायी ताराबहादुर कुँवरको नेतृत्वमा २०६६ सालमा संघ हुँदै २०७३ सालमा महासंघ स्थापना भएको थियो ।