गाडी किन्न नेपाल बैंकले ५.२८ प्रतिशत ब्याजदरमै अटो लोन दिने

काठमार्डौं– नेपाल बैंकले सस्तो ब्याज दरमा अटोलोन दिने भएको छ । बैंकले ५.२८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने स्किम ल्याएको हो । बैंकको नेपालभर रहेका शाखाबाट सरल र सहज प्रक्रियामा लोन लिन सकिने जनाइएको छ ।

स्किम पेट्रोल/डिजेलबाट चल्ने कार र ईभी दुबैमा उपलब्ध हुनेछ । ‘अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल’ ट्यागलानसहित आएको यस अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ ।

बैंकले गाडी मूल्यको ६० प्रतिशतसम्म लोन दिने जनाएको छ । जसका लागि आयस्रोत सहित आवश्यक विभिन्न डकुमेन्ट पेश गर्नुपर्ने हुन्छ ।

बैंकहरुमा पर्याप्त लगानीयोग्य पुजी थन्किनु र कर्जाको माग न्यून हुनुजस्ता कारणले पछिल्लो समय ब्याजदर निरन्तर घट्दो क्रममा छ । अहिले प्रायः सबैजसो वाणिज्य बैंकले एकल अंकको ब्याजदरमै अटो लोन प्रवाह गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दशैं तिहार अफर, ६.२९ प्रतिशतमै गाडी कर्जा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दशैं तिहार अफर, ६.२९ प्रतिशतमै गाडी कर्जा

काठमाडौं–नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विशेष सुविधासहितको गाडी कर्जा...

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

काठमाडौं – नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

काठमाडौं – यही फागुन १ देखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने सुविधा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...