अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा पुनः दिपेन्द्र बुढाथोकी, अटोल्याण्ड लगायत विभिन्न प्रतिबद्धता

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको ३१औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ । गत शनिबार सम्पन्न सो साधारण सभा तथा अधिवेशनको समुदघाटन बाग्मती प्रदेश, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले गरेका थिए ।

प्रमुख अतिथि थापाले उपत्यका भित्र अटोल्याण्ड बनाउने, नयाँ सवारी साधनको मर्मत संभार गर्ने, अटो मेकानिक्सहरुलाई विभिन्न किसिमका आवश्यक तालिमहरु दिने लगायतका विभिन्न विषयमा सवारी साधन आयात गर्ने कम्पनीहरुसँग छलफल गरि तालिमको व्यवस्था गर्न पहल गर्ने लगायतका विषयमा प्रतिबद्धता व्यक्त गरे ।

शुभकामना मन्तव्यकै क्रममा भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्माले नीतिगत रुपमा यो व्यवसायलाई व्यवस्थित वनाउन सहकार्य गर्न तत्पर रहेको र यो पेशा व्यवसायबाट सवारी साधनमा भएको अरवौ लगानीलाई सुरक्षित गर्न अटो मेकानिक्सहरुले खेलेको भूमिका अतुलनिय रहेको, रोजगारीको क्षेत्रमा राष्ट्रिय पुँजीको संरक्षण गर्दै सवारी साधनलाई लामो समय सम्म संचालनयोग्य बनाउन अटो मेकानिक्सको योगदान रहेको हुँदा आउने दिनहरुमा यो व्यवसायमा युवा जनशक्तिलाई आर्कषण गर्न तथा बेरोजगारीको समस्या समाधान गर्न मन्त्रालय सदैब सहकार्य गर्न प्रतिवद्ध रहेको जानकारी गराए ।

उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ताले यो पेशाको उच्च सम्मान गर्दै बुढानीलकण्ठ नगरपालिकामा रहेको सार्वजनिक जग्गामा अटोल्याण्ड बनाउन पहल गर्ने जानकारी गराए ।

उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघ र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेश कुमार श्रेष्ठले नेपाल अटो मेकानिक्स व्यवसायीहरुको मागमा ऐक्यबद्धता व्यक्त गर्दै सो माग पुरा गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे भने काठमाण्डौ महानगरपालिकाका ट्राफिक तथा यातायात विज्ञ जगतमान श्रेष्ठले काठमाण्डौ उपत्यकामा रहेका अटो वर्कशपहरुलाई व्यवस्थित बनाउन काठमाण्डौ महानगरपालिकाले सरकारी निकायसँग छलफल गर्ने र मापदण्ड अनुसार वर्कशपहरु संचालन भएका छन् छैनन् भन्ने अध्ययन गर्न अटो मेकानिक्स व्यवसायी संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा संघका प्रमुख सल्लाहकार दीपक खड्काले सम्पुर्ण अटो मेकानिक्सहरुको सहभागिता रहने गरि उपत्यकाका विभिन्न क्षेत्रमा अटोल्याण्ड निमार्ण गर्नु पर्ने, यसका लागि अटो मेकानिक्सहरुको एकता दरिलो हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा स्वगत मन्तव्य उपाध्यक्ष डाल प्रसाद भट्टराईले गरेका थिए भने विभिन्न विषयमा संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले प्रकाश पारेका थिए । संस्थाको तर्फबाट संस्थाको उद्देश्य तथा स्थापना काल देखि हाल सम्म गरेका कामहरुको जानकारी प्रदान गरिएको थियो ।

उक्त मन्तव्यकै क्रममा न्यौपानेले सवारी साधन मर्मत मार्फत राष्ट्रको सेवा गरेका मेकानिक्सहरुलाई राज्यबाट सम्मान गर्नु पर्ने र यो व्यवसायलाई स्वरोजगार व्यवसाय तथा दक्ष जनशक्ति निर्माण गर्ने थलोका रुपमा परिस्कृत गर्दै लैजानु पर्ने, उपत्यका भित्र विभिन्न स्थानमा अटोल्याण्ड (सवारी साधन मर्मत गर्ने क्षेत्र) निर्माणमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यान दिई सम्भाव्यता अध्ययन थालनी गर्न माग राखे ।

साधारण सभाको अवसरमा अटो मेकानिक्स व्यवसायमा लामो समय देखि योगदान गर्ने दुई जना मेकानिक्स सुशिल ढकाल र सुवाश शर्मालाई सम्मान गरिएको थियो । यसका साथै २०८१ मा एसईई उत्तीर्ण सदस्यहरुका छोराछोरीलाई कदर पत्र र प्रमाण पत्र वितरण गरिएको थियो । त्यसैगरी ३१औं वार्षिक साधारण सभामा आर्थिक सहयोग गर्ने सहयोगी दाताहरु, उपस्थित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त अवसरमा स्वास्थ्य समस्याका कारण उपचार गराइरहेका सम्मानित व्यक्ति सुवाश शर्मा तथा प्रकृतिक विपत्तिका कारण क्षति भएको वर्कशप मर्मतका लागि संघका सदस्य कुमार दाहाललाई आर्थिक सहयोग प्रदान गरियो ।

संघका महासचिव सुमन प्रसाद सुवेदीले संचालन गरेको नेपाल अटो मेकानिक्स व्यवसायी संघको ११औं अधिवेशनबाट पुनः दिपेन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरिएको छ । कार्यसमितिमा उदय प्रसाद भण्डारी प्रथम उपाध्यक्ष, डाल प्रसाद भट्टराई (राम प्रसाद) द्वितीय उपाध्यक्ष, सुमन प्रसाद सुवेदी महासचिव, इन्द्र बहादुर प्रधान सचिव, बुद्धिकृष्ण गजुरेल सहसचिव, फुल बहादुर लामा (माइला) कोषाध्यक्ष र देवराज बज्राचार्य सहकोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कृष्ण सापकोटा, जगन्नाथ बस्याल, सूर्य आलेमगर, लाल वहादुर हमाल, नैना वहादुर तामाङ, अजय कपाली, नागेश्वर राय र भोजराज पुरी (गणेश) चयन भएका छन् ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल क्षेत्रका श्रमिकले तीनदिने स्वास्थ्य सुरक्षा तालिम लिए

अटोमोबाइल क्षेत्रका श्रमिकले तीनदिने स्वास्थ्य सुरक्षा तालिम लिए

बुटवल – बुटवल अटो भिलेजका अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि...

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले...

बाढी पहिरोको कारण मोटर बीमा अन्तर्गत २७ करोड बढी दावी पर्ने अनुमान

बाढी पहिरोको कारण मोटर बीमा अन्तर्गत २७ करोड बढी दावी पर्ने अनुमान

काठमाडौँ – असोज महिनाको ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...