३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स
अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...
बिल्ड योर ड्रिम्स (बीवाईडी) एक चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी हो। सो कम्पनी अटोमोबाइल, इलेक्ट्रिक साइकल, प्लग–इन हाइब्रिड कार आदि उत्पादनका लागि परिचित छ।
चिनियाँ विद्युतीय सवारी निर्माताले भारतमा सबैभन्दा ठूलो ईभी कम्पनी बन्ने योजना बनाएको छ। यस्तै बीवाईडीले २०२२ मा विश्वको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीमा टेस्लालाई उछिनेको छ।
यो फेब्रुअरी १९९५ मा वांग चुआनफुद्वारा स्थापित कम्पनी हो। बीवाईडी कम्पनीका दुई प्रमुख सहायक कम्पनीहरू बीवाईडी इलेक्ट्रोनिक र अटोमोबाइल रहेका छन्। कम्पनीले अटोमोबाइल, इलेक्ट्रिक साइकल, बस, फोर्कलिफ्ट, ट्रक, रिचार्जेबल लिथियम आइरन फस्फेट ब्याट्री र सोलार प्यानल निर्माण गर्दै आइरहेको छ।
बीवाईडीले २०२२ मा टेस्लाभन्दा धेरै इलेक्ट्रिक गाडीहरू बेचेको छ। यो बीवाईडीको बिक्री तथ्यांकमा आधारित छ जसमा २०२२ को पहिलो त्रैमासिकमा ३ लाखभन्दा बढी प्लग–इन हाइब्रिड गाडीहरू बिक्री भएका छन्। कम्पनीले दाबी गरे अनुसार तिनीहरूले जनवरी देखि जुनसम्म ६ लाख ३८ हजार १५७ न्यु इनर्जी प्यासेन्जर सवारी साधनहरू बेचेका छन्। जसमा ३ लाख १४ हजार ६३८ प्लग–इन हाइब्रिड र ३ लाख २३ हजार ५१९ ब्लेड ब्याट्री ईभीहरू समावेश छन्।
परम्परागत इन्जिनयुक्त सवारी साधन बन्द गर्ने
धेरै अटोमेकरहरूले भविष्यमा आफ्ना सबै इन्टरनल कम्बसन इन्जिनयुक्त सवारी साधन हटाउने योजना बनाएका छन्। ३ अप्रिल २०२२ मा बीवाईडीले पनि त्यस्ता सवारी साधनहरूको उत्पादन अन्त्य गर्ने घोषणा गरेको थियो। कम्पनीले पूर्ण विद्युतीय र हेभी विद्युतीय प्लग–इन हाइब्रिड कारहरू मात्र उत्पादन गर्ने दाबी गरेको छ। तर बीवाईडीले पेट्रोल इन्जिनहरू बनाउन पूर्ण रूपमा रोक्ने छैन किनभने प्लग–इन हाइब्रिड कारहरूमा साना र उच्च कुशल इन्जिनहरू प्रयोग गरिनेछन्।
वारेन बफेटको लगानी
सेप्टेम्बर २००८ मा बर्कशायर ह्याथवेका अध्यक्ष वारेन बफेटले एलोन मस्कको टेस्लामा लगानी नगरी चिनियाँ कम्पनी बीवाईडीमा लगानी गरेका थिए। वारेन बफेटको बर्कशायर ह्याथवे इंकको सहायक कम्पनी मिडअमेरिकन इनर्जी होल्डिङ्सले बीवाईडीको १० प्रतिशत सेयरको लागि लगभग २३ करोड डलर लगानी गरेको छ।
नेपालमा समेत उपलब्ध
नेपाली बजारमा बीवाईडीको आधिकारिक वितरकको रुपमा साइमेक्स इंक रहेको छ । हाल नेपाली बजारमा बीवाईडीका अल न्यु ई६ र एट्टो ३ कार तथा एम३ इलेक्ट्रिक भ्यान उपलब्ध छन् । यी मोडलको मूल्य क्रमशः ५९ लाख, ८९ लाख ९० हजार र ४५ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...
कारमा सेफ्टी फिचर सामान्य बन्दै गएको छ । कारको सेफ्टी फिचरले कारमा यात्रा...
काठमाडाैं – नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...