लिपमोटरका ईभीमा अव ११ वर्षको ब्याट्री वारेन्टि, १५ प्रतिशत डाउन पेमेन्टमै गाडि किन्न पाइने
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...
नेपाल बिद्युत प्राधिकरणले एकैपटक १५ वटा इलेक्ट्रिक मोटरसाइकल खरिद गरेको छ । यी मोटरसाइकललाई प्राधिकरणले टेन्डरमार्फत खरिद गरेको हो । डबल ब्याट्री जडान गरिएको यो मोटरसाइकल चीनीयाँ ब्रान्ड सुपरसोकोले उत्पादन गरेको टिएसएक्स मोडल हो ।
बिक्रेता कम्पनीले हिजो प्राधिकरण परिसरबाट हस्तान्तरण गरेको यो मोटरसाइकललाई प्राधिकरणका कर्मचारीहरुले प्रयोग गर्ने बताइएको छ । जसको मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ पर्छ । यसकै सिंगल ब्याट्रि जडान भएको मोटरसाइकललाई भने २ लाख ८५ हजार ९ सय रुपैयाँ पर्छ । नेपाली बजारमा यो मोटरसाइकललाई यसअघि भेस्पा र अप्रिलियाको समेत आधिकारिक बितरक रहिसकेको डि लाइफ स्टायलले कारोबार गर्दै आइरहेको छ ।
यो मोटरसाइकलमा ६० भोल्ट ३० एम्पियर आवर क्षमताको ब्याट्रि प्याक जडान गरिएको छ । ३ हजार वाट क्षमताको मोटर जडान गरिएको यो मोटरसाइकलले १४० एनएम टर्क जेनेरेट गर्ने दाबी गरिएको छ । साथै यसलाई एकपट फूल चार्ज गर्दा १६० किलोमिटरसम्म यात्रा गर्न सकिने बताइएको छ । यसलाई भिन्न ३ मोडमा चलाउन सकिन्छ ।
यसको उच्चतम गती ८० किलोमिटर प्रतिघन्टासम्म रहेको छ । यो मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने ग्राउन्ड क्लिरियन्स १ सय ९८ एनएम रहेको छ । बिभिन्न संघसंस्थाको रोजाइमा पर्न सफल यो ब्रान्डको स्कुटरलाई यसअघि वल्र्ड बैंकले समेत खरिद गरिसकेको कम्पनी स्रोतले बताएको छ ।
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...
काठमाडौं– सेरेस इभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...