सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व

काठमाडौं – नेसनल युथ कन्फ्रेन्स फर सेफ एन्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी राष्ट्रिय युवा सम्मेलनको तयारी भइरहेको छ ।

विगत डेढ दशकदेखि नेपालमा मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीमा क्रियाशील नेपाल अटोमोबाइल्स एसोसियसन (नासा नेपाल) ले नयाँ अभियानको शुभारम्भ गर्न लागेको बताएको छ । युवाहरुको राष्ट्रिय सञ्जाल ‘युथ फर रोड सेफ्टी इन नेपाल’ को व्यवस्थापनमा काठमाडौंमा हुने राष्ट्रिय युवा सम्मेलनमा दिगो सडक र सुरक्षित यातायात सम्बन्धी छलफल हुनेछ ।

कात्तिक ३० र मंसिर १ गते काठमाडौंमा हुने सम्मेलन नासा नेपालको संयोजन, अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) को सहयोग तथा राष्ट्रिय युवा परिषद् र नासा फाउन्डेसन नेपालसँगको सहकार्यमा हुन लागेको हो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र त्रिभुवन विश्वविद्यालय सो सम्मेलनका मुख्य पार्टनर रहेका छन् ।

कार्यक्रममा विभिन्न प्रदेशका युवाहरुको सहभागिता रहने र विभिन्न क्षेत्रका विज्ञ, सडक सुरक्षाविद्, सरोकारवाला निकायका पदाधिकारीको उपस्थिति रहने बताइएको छ । बढ्दै गइरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको नासा नेपालले जनाएको छ ।

युवा देशका कर्णधार हुन् र भविष्य पनि । देशका हरेक कार्यमा युवाहरुको पहल र आवश्यकता अनिवार्य देखिन्छ । सडक सुरक्षा र सुरक्षित यातायात सुधार र विकासमा युवाहरुको भूमिका र नीति निर्माणमा सहभागिता अनिवार्य रहेको हँुदा सम्मेलन मार्फत युवा लगायत विभिन्न सम्वन्धित र सरोकारवाला निकायका विज्ञहरुसँग महत्वपूर्ण छलफल र नीति निर्माणमा यसको पहँुच र कार्यान्वयन गर्ने वातावरण पनि निर्माण हुनेछ ।

कार्यक्रममा सम्बन्धित विषयको प्रस्तुति, छलफल सेसन, कार्यशाला तथा विभिन्न विषयको अनुसन्धान रिपोर्ट प्रस्तुत गरिनेछ । युथ र सोसल मिडिया, मोटरसाइक्लिङ सेफ्टी तथा युवा उद्यमशीलताका सत्रहरु विशेष रहने सम्मेलनमा विभिन्न समूहको कार्ययोजना प्रस्तुति समेत गरिनेछ भने विभिन्न क्षेत्रका विद्वान र विज्ञहरुबाट सडक सुरक्षा सम्वन्धी छलफल, युवाहरुको सहभागिता र प्रश्नोत्तर सेसन हुँदै युवाहरुको काठमाडौँ धोषणपत्र २०८१ जारी सहित कार्यक्रमको समापन गरिने छ ।

यस किसिमको नेपालकै पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र सो कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरु लगायत त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद्का पदाधिकारीको समेत उपस्थिति रहने छ । पूर्वाधारको प्रचुर विकास नभएको अवस्थामा र सार्वजनिक यातायात अत्यन्तै कमजोर रहेको हाम्रो जस्तो मुलुकमा युवा तथा सर्वसाधारणको अकाल मृत्युका मूख्य कारणमध्ये असुरक्षित सडक पहिलो कारण रहेको छ ।

कार्यकममा देहायका महत्वपुर्ण सेसन र विषयहरु रहेको नासा नेपालको विज्ञप्तिमा उल्लेख गरिएको छ :
१ युवाहरुका क्षमता वृद्धि तथा सञ्जाल विस्तार
२ दिगो सडक र सुरक्षित यातायातमा युवाहरुको परिचालन
३ युवा तथा बालबालिकालाई सडक दुर्घटनाबाट हुने क्षतिबाट रोकथाम
४ साइकलको उपयोगकर्ता, पैदलयात्री, तथा जोखिमयुक्त सडक प्रयोगकर्ताका मुद्दाको सम्बोधन
५ विज्ञद्वारा प्रस्तुतिकरण
६ युवा, नीति तथा सडक सुरक्षा विषय संवाद
७ प्रदेश स्तरीय युवा सम्मेलन

विश्वमै दिगो सडक र सुरक्षित सवारीको पक्षमा युवाहरु संगठित रुपमै क्रियाशील छन्, अन्य पेशागत संघ संस्थासंगै । संसारका अधिकांश सरकार, व्यवसायी र एकेडेमी, गैरसरकारी संघ संस्थाबीच यस क्षेत्र र एजेण्डामा लामो समयदेखि सहकार्य समेत हुँदै आइरहेको छ । अब युवा संघ संगठनको प्रवेशले यस एजेण्डा स्थापित गर्न थप सहज हुने विश्वास भएको बताइएको छ ।

सन् २०१२ मा तत्कालीन एआईए अध्यक्ष तथा वर्तमान सडक सुरक्षाका लागि संयुक्त राष्ट्रसंघका विशेषदुत जोन टडद्वारा काठमाण्डौमा शुभारम्भ गरिएको युथ फर रोड सेफ्टी नेपालले आफूलाई पुनव्र्यवस्थित र संगठित गर्दै राष्ट्रिय रुपमा सो युवा अभियान आयोजना गर्न गइरहेको हो । युथ फर रोड सेफ्टी, ग्लोबल युथ कोलिसन फर रोड सेफ्टी जस्ता अन्तर्राष्ट्रिय अभियानको समेत सदस्य रहेको युथ फर रोड सेफ्टी इन नेपाल, नेपाल अटोमोबाइल्स एसोसिएसनको युथ अर्गनाइजेसन समेत हो । कार्यकममा ईन्जिनियरिड, अटोमोबाइल, एजुकेसन तथा स्पोर्ट्स क्षेत्रका युवाहरुको सहभागिता हुनेछ । त्यसैगरी युवा सामाजिक कार्यकर्ता तथा पालिकाका प्रतिनिधि युवाहरु कार्यकममा सहभागी हुनेछन् ।

नेपालका दशवटा क्लस्टर दाङ, बुटवल, चितवन, नुवाकोट, सिमरा, दोलखा, कटारी, काभे, काठमाडौं र धनगढीबाट संस्थागत र संगठित प्रतिनिधित्व गराइने कन्फरेन्समा ती क्षेत्रमा आयोजना गरिने विभिन्न कार्यकमको तयारी र प्रस्तुति समेत काठमाडौंमा गरिनेछ ।

संयुक्त राष्ट्रसंघको तर्फबाट विश्व स्वास्थ संगठनले विश्वव्यापी अभियानको सचिवालयको रुपमा कार्य गरिरहेको छ भने यूएनडीपी र युनिसेफ जस्ता निकाय समेत सक्रिय छन् । नेपालमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय जिम्मेवार मन्त्रालयको रुपमा रहेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालय समेत बढी सक्रिय भइरहेको पाइन्छ ।

सरकारी प्रयत्न, नागरिक समुदायको सकृयता र मिडियाको दरो समर्थन हुदाँ हुदै पनि नेपालमा सडक दुर्घटना झन झन विकराल वन्दै गइरहेको छ । खासमा प्रतिक्रियात्मक कार्यले मात्र यसको रोकथाम सम्भव थिएन । रोड सेफ्टी ऐन, रोड सेफ्टी काउन्सिल, यातायात व्यवस्थापन ऐनको संशोधन, स्टार रेटिङ रोड, स्कुल र स्कुल भेइकल, रोड सेफ्टी अडिट जस्ता अत्यन्तै रणनीतिक र व्यवस्थापकीय कार्यमै नेपाल सरकार चुकेको अवस्था छ । ती कार्य नगरी खाली जनचेतना र प्रतिकियात्मक कार्यले प्रतिफल दिने देखिदैन । सो सम्वन्धमा सम्मेलनको अवसर पारेर सरोकारवालाको तर्फबाट सरकारलाई झक्झक्याउनु पर्ने देखिन्छ ।

राष्ट्रिय युवा परिषदले यस एजेण्डामा प्रवेश गर्नु अर्को महत्वपूर्ण कार्यको शुरुवात हो । किनकी युवा सहभागिता भनेको राजनीतिमा मात्र भन्ने धारणा हराउनु जरुरी छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालयको प्रवेश एउटा सुधारको लागि कोशेढुंगा बन्न सक्छ । किनकी यस क्षेत्रमा आवश्यक अध्ययन अनुुसन्धान हुन सकेको छैन । सम्मेलनपछि त्यसमा पनि केही कार्य हुने विश्वास छ ।

संयुक्त राष्ट्रसंघले सन् २००९ घोषणा गरेको सडक सुरक्षा दशक २०११-२० मा नेपालले प्रतिबद्धता जनाए अनुसारको कुनै पनि सुधारको संकेत देखा परेनन् । त्यसैगरी सन् २०२० मा पुनः घोषणा गरिएको २०२१-३० को लागि समेत नेपालले कुनै सुधारको प्रयत्न समेत गरेन ।

यस्तो अवस्थामा सन् २०२५ को फेबुअरीमा सो दशकको समेत मध्यावधि समिक्षा सहितको मन्त्री स्तरीय सम्मेलन हुन गइरहेको छ । त्यस्तै मोरक्कोमै हुन गइरहेको विश्व युवा सम्मेलनको प्रतिवेदन समेत प्रस्तुत गरिनेछ ।

आगामी कात्तिक महिनाको मसान्तमा काठमाडौंको वर्ल्ड ट्रेड सेन्टरमा युवा तथा खेलकुद मन्त्रीद्वारा शुभारम्भ गरिने प्रथम राष्ट्रिय युवा सम्मेलनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट समापन गर्ने कार्यक्रम रहेको नासा नेपालले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आगामी माघ ३ गते काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरिने

आगामी माघ ३ गते काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरिने

काठमाडौं – आगामी २०७९ माघ ३ गते अर्थात सन् २०२३ जनवरी १६ तारिखका दिन...

दुर्घटना न्यूनीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

दुर्घटना न्यूनीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

बुटवल – सडक दुर्घटनामा निधन भएकाहरुको स्मृति दिवसका अवसरमा सुरक्षित सवारी...

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

भारतमा आगामी वर्ष अर्थात सन् २०२३ मा मोटोजीपी प्रतियोगिता आयोजना हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...