१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

काठमाडौं - १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ ।

समापनको अवसरमा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने धेरै नीतिगत कार्यहरु बाँकी रहेको र सरकार सो प्रक्रियामा अगाडि बढेको बताए । उनले सो दुई दिने सम्मेलनद्वारा पारित सुझावलाई आत्मसात गरिने बताए ।

युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा शुक्रवार देखि काठमाडौंमा प्रारम्भ भएको सो कन्फ्रेन्सले दिगो पुर्वाधार निर्माण, गुणस्तरिय र डबल हेल्मेट, सुरक्षा उपकरणमा अनुदान, आवश्यक कानुन निर्माण र कार्यान्वयन, नीति निर्माणमा युवा सहभागिता, पोस्ट क्र्यास रेस्पोन्स, दुर्घटनापीडितलाई सम्बोधन, दिगो र वातावरणमैत्री यातायात, अन्तर्राष्टिय ड्राइभिङ परमिटको प्रतिबद्धता, दक्ष र पारदर्शी यातायात प्रशासन, अन्तरसरकारी समन्वय र पेशागत समुदायको संलग्नता, स्पिड म्यानेजमेन्ट तथा सुरक्षित विद्यालय क्षेत्र, अटोल्यान्ड र गाडीको गुणस्तर, प्रोएक्टिभ राजनीतिक प्रतिबद्धता र अधिकार सम्पन्न सडक सुरक्षा परिषद् जस्ता विषयमा घोषणा पत्र जारी गरेको छ ।

त्यसैगरी सम्मेलनले आफै समाजको मोडल बन्ने, सडक सुरक्षा मोटिभेटर बन्ने र नागरिक समुदाय परिचालन गर्ने जस्ता तीन विषयमा प्रतिबद्धता व्यक्त समेत गरेको छ ।

नेसनल युथ कन्पे्रmन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी सम्बन्धी राष्ट्रिय युवा सम्मेलनको युवा तथा खेलकुंद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका संयोजक एवं पूर्व मन्त्री योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न पहिलो दिनको शत्रमा सडक दुर्घटनाबाट हुने अकाल मृत्यु रोक्नका लागि युवाहरुको भूमिकाबारे छलफल भएको थियो ।

देशभरीबाट सहभागी भएका करिव १०० जना युवाहरुलाई स्वागत गर्दै युथ फर रोड सेफ्टी इन नेपालका संयोजक ई. किरण धितालले विभिन्न १० वटा समुहमा विभाजन गरेर सडक सुरक्षाका लागि गर्नु पर्ने भूमिका, जिम्मेवारी र दायित्व बारे छलफल गरिने जानकारी दिए ।

उद्घाटन समारोहमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त मर्हजनले बागमती प्रदेशको यातायात सुधारमा मन्त्रालय प्रतिबद्ध रहेको तथा पेशागत संस्थाहरुसँगको समन्वयमा आगामी दिनमा सुधार कार्य अगाडि बढाइने बताए ।

समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुुवाश भटराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीहरुको आगमन र विद्यालयलाई सुुरक्षित बनाउने सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

विभिन्न सेशन र वर्कसप गरी सञ्चालन गरिएको सो कार्यक्रममा किनोट सेशनमा ठाकुर प्रसाद न्यौपाने, इन्जिनियर आशिष गजुरेल, भगवती सेढाई र शंकर धामीले प्रस्तुतिकरण गरेका थिए भने प्लेनरी सेशनमा डा. अशिम भण्डारी, दिनेश पाण्डे, सरोज प्रधान र टोप बहादुर जिसीले प्रस्तुतिकरण गरेका थिए ।

युथ एडभोकेसी सम्बन्धी वर्कसप सेशन युथ फर रोड सेफ्टी इन नेपालका किरण धिताल र मनिका बम्माले सञ्चालन गरेका थिए, जसमा सहभागीहरुले आफ्नो क्षेत्रमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

त्यसैगरी स्टार रेटिङ सेशनमा गोबिन्द भट्टराई, अनिल बराल, निरज खड्का, किरण धिताल र सुवाश भटराईले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल भरबाट छनौटमा परेका दुई विद्यालयहरुलाई स्टार रेटिङ अवार्ड प्रदान गरिएको थियो ।

सम्मेलनको वेलबिइङ सेशनमा वातावरण प्रविधि, सोशल मिडिया, युवा र नैतिकता, सञ्चार माध्यम र दुर्घटनापीडितका सरोकारका विषयहरु बारे डा बिदुर ढुंगेल, मन्जु चित्रकार, एकराज सुवेदी, प्रकाश घर्ती र सामना बरालले प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी सम्मेलनको लाइफ सेभिङ सेशनमा डा.बुलन्द थापा, डा. कुलेश बहादुर थापा र विपिन गौतमले पोस्ट क्र्यास रेस्पोन्स सिस्टम, दुर्घटना पश्चातको प्राथमिक उपचार र मोटरसाइक्लिङ सेफ्टी विषयमा प्रस्तुतिकरण गरेका थिए । सो सेशनको अध्यक्षता डा. ज्योति गिरीले गरेकी थिइन् ।

बढ्दै गइरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्युनीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) का वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराईले बताए ।

सम्मेलन समापनको अवसरमा सुस्मिता सुब्बाले सहभागीहरुको तर्फबाट अभार व्यक्त गरे भने सम्पूर्ण सहभागीहरुको तर्फबाट अंकित भण्डारीले १६ बुँदे काठमाडौं घोषणापत्र मन्त्री दाहाललाई हस्तान्तरण गरे ।

समापन कार्यक्रमको अध्यक्षता नासा नेपालका अध्यक्ष दशरथ रिसालले गरेका थिए भने समग्र कार्यक्रमको सहजीकरण नासा नेपालका उपाध्यक्ष अनिल बरालले गरेका थिए ।

सम्बन्धित समाचारहरू

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

काठमाडौँ । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ।...

नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने

नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने

काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...

सेफ्टी राइडिङ इनिसिएटिभ शुभारम्भ, महिला राइडरले गरे प्रयोगात्मक अभ्यास

सेफ्टी राइडिङ इनिसिएटिभ शुभारम्भ, महिला राइडरले गरे प्रयोगात्मक अभ्यास

काठमाडौं – फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम – एफआईएमको सहयोगमा नासा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...