नासा बैठक सम्पन्न, यस्ता छन् आगामी कार्ययोजना

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन केन्द्रीय तदर्थ समितिको बैठक हालै काठमाडौँमा सम्पन्न भएको छ । संघका संयोजक दशरथ रिसालको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश, संघ तथा जिल्ला संघ सम्बन्धी कार्ययोजना पारित गरेको छ ।

त्यसैगरी एसोसिएट क्लब तथा सदस्यता सम्बन्धी विभिन्न योजना पारित गरेको छ । त्यसैगरी खेलकुद विकास ऐन २०७७ अनुसारको वैधानिक तथा सांगठानिक व्यवस्थापनको लागि नीति, कार्यक्रम तथा विधानको संशोधनको लागि गोविन्द भट्टराई, आशिष गजुरेल तथा भगवती सेढाई रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलको प्रस्तावमा कार्यसमितिबाट निर्णय गरी राखेपको स्वीकृतिमा विधान तथा कार्यक्रमहरु आगामी साधारण सभाबाट पारित गरी लागु गरिने छ । साथै, प्रदेश संघ गठन तथा संचालनको लागि कोशीमा सिताराम न्यौपाने र निरज खड्का, मधेशमा सन्तोष न्यौपाने र भिक्ट्री थापा, वाग्मतीमा यदुराज लामिछाने र चाँदमाला मास्के, गण्डकीमा वुलन्द थापा र प्रज्ञा अधिकारी, लुम्बिनीमा अनिल वराल र दिप्रश शाक्य, कर्णालीमा विनोद तण्डुकार र रमेश सिलवाल एवं महाकालीमा सुशील तन्डुकार र महेश अधिकारीलाई जिम्मेवारी दिएको छ । साथै, सबै प्रदेशमा गोविन्द भट्टराईको समेत सहभागिता हुनेछ ।

साथै संघको कामलाई व्यवस्थित रुपमा अगाडि बढाउने मोबिलिटी र रोड सेफ्टीको क्षेत्रमा डा. वुलन्द थापा र नासा फाउन्डेसन, वुमन इन मोटरिङ (विमा) मा सन्जु बज्राचार्य, मोटरसाइक्लिङमा सिताराम न्यौपाने र विनोद तण्डुकार, मोटर स्पोर्ट्समा अनिल वराल र सन्तोष न्यौपाने, कार्ट्समा निरज खड्का, हिमालयन मोटरल्याण्डमा दशरथ रिसाल, सुशील तण्डुकार र निरज खड्का, इ–स्पोर्ट्समा दिप्रश शाक्य, इनोभेसन एन्ड आईएईमा सुशील तण्डुकार, मार्शल र भोलुन्टियरमा यदुराज लामिछाने ।

साथै फाइनेन्स एंण्ड कर्पोरेटमा धान्यमणि नेपाल, रमेश सिलवाल र भिक्ट्री थापा, पोलिसी प्लानिङ एन्ड फरेन अफेयर्समा गोविन्द भट्टराई, आशिष गजुरेल र प्रज्ञा अधिकारी, मेडिकलमा मुक्ति तिमल्सिना, जुडिसियरीमा नारायण अर्याल, प्रदेश, जिल्ला तथा क्लब परिचालनमा चाँदमाला मास्के, प्रकाश कपुरी र राजन पियालाइ जिम्मेवारी दिइएको छ ।

संघको साधारण सभा तथा निर्वाचन श्रावण महिनाको दोश्रो हप्ता गर्ने निर्णय भएको छ भने सन् २०२२ को लागि अन्तर्राष्ट्रिय सहभागिताको लागि समेत ड्राइभर राइडर तथा व्यवस्थापकहरु चयन गरिएको छ । जसमा मोटरसाइक्लिङ सम्बन्धी आठ, मोटरस्पोर्ट्सका दुई तथा ओलम्पिक इ–स्पोर्ट्सको एक प्रतियोगिता रहेको छ ।

त्यसैगरी सल्लाकार समिति, सचिवालय तथा अन्तर्राष्ट्रिय महासंघ सम्बन्धी विषयमा समेत विभिन्न राष्ट्रिय कार्यक्रम पारित गरिएको नासा नेपालले जनाएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्डको फाइनल आज, नेपाली राइडर समेत सहभागी

भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्डको फाइनल आज, नेपाली राइडर समेत सहभागी

काठमाडौं – एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको...

धुलिखेलमा नेपाल रेसर कपको रौनक : शनिबार फाइनल हुने

धुलिखेलमा नेपाल रेसर कपको रौनक : शनिबार फाइनल हुने

काठमाडौं – लकडाउन पश्चात पहिलो पटक धुलिखेलमा बाइक राइडरहरुका लागि आकर्षण...

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा प्रमोसन -याली सम्पत्र

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा प्रमोसन -याली सम्पत्र

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...