नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को दशौ वार्षिक साधारण सभा हिजो ललितपुरमा सम्पन्न भयो । साधारण सभामा केन्द्रीय संघ, प्रदेश संघ, कमिसन तथा क्लव समेतका गरी ४४ जनाको सहभागिता रहेको नासा नेपालले जनाएको छ ।

साधारणसभामा गत बर्षको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अगामी कार्य योजना तथा समसामायिक प्रस्ताव गरी चार वटा प्रतिवदेन प्रस्तुत भयो, जसलाई सामान्य छलफल पश्चात पारित गरियो । त्यसैगरी आगामी वर्षको लागि अडिटर नियुक्ति, कार्यसमिति तथा कमिसनमा केही जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणा लगायतको कार्यसमेत साधारण सभाले गरेको छ ।

अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा कार्यकारी निर्देशक गोविन्द भट्टराई, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, उपाध्यक्ष अनिल कुमार वराल, सचिव महेश अधिकारी, कोषाध्यक्ष धान्यमणि नेपाल र इन्जिनियर गणशेखर श्रेष्ठले विभिन्न प्रस्ताव तथा प्रस्तुति गरेका थिए ।

संघमा आवद्ध प्रदेश संघ, क्लव तथा एसोसिएट मध्येबाट गत आ.व.मा सर्वाधिक सक्रिय वागमती अटोमोबाइल एसोसिएसन (प्रदेश संघ वागमती) लाई एक्टिभ अवार्ड प्रदान गरियो । प्रदेश संघ वागमतीका अध्यक्ष राजन पियाले सो अवार्ड ग्रहण गरे ।

साधारण सभामा १८ जना महानुभावहरूलाई विशिष्ट योगदान दिएवापत प्रशंसापत्र प्रदान गर्ने निर्णय भयो भने हिमालयन मोटरल्याण्डको स्थानान्तरण, गौरिटारको प्रस्तावित रेसिङ सर्किट र ई–स्पोर्ट्स, तथा पावर बोटिङमा जोड दिने जस्ता निर्णय समेत भएको छ ।

१८ बुँदे क्यालेण्डर, १० बुँदे सार्वजानिक प्रतिवद्धता जारी गरी सकिएको साधारण सभाले संघको इभेन्टको लागि प्रदेश संघ, क्लव र कमिसनलाई सम्पूर्ण जिम्मेवारी समेत दिएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

काठमाडौं – फ्रान्सको मार्सेली सहरमा केही दिन पहिले सम्पन्न ओलम्पिक...

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

भारतमा आगामी वर्ष अर्थात सन् २०२३ मा मोटोजीपी प्रतियोगिता आयोजना हुने...

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...