सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा आइतबार सडक सुरक्षा समवन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम नेपाल अटोमोबाइल्स एसोसिएसन, सेफ एण्ड सस्टेनेबल ट्राभल नेपाल र नासा फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

कार्यशालाको पहिलो सत्रमा नासा नेपाल र सेफ एण्ड सस्टेनेबल ट्राभल नेपालले विरेन्द्रनगर नगरपालिका तथा सुर्खेत जिल्लाको अन्य खण्ड अन्तर्गत पर्ने ७५ किमि सडकको रोड सेफ्टी अडिट रिपोर्ट विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेका थिए ।

यसैगरीे जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र बुढाथोकीलाई राडर गन, ब्रेथलाइजर, ज्याकेट तथा अन्य सडक सुरक्षा सामाग्री प्रदान गरिएको नासा नेपालले जनाएको छ ।

कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश शाही, सडक डिभिजन सुर्खेत, मध्य पश्चिामाञ्चल विश्वविद्यायल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो । नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले रोड सेफ्टी अडिट प्रतिवेदनमा प्रस्तुत सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...