सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा आइतबार सडक सुरक्षा समवन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम नेपाल अटोमोबाइल्स एसोसिएसन, सेफ एण्ड सस्टेनेबल ट्राभल नेपाल र नासा फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

कार्यशालाको पहिलो सत्रमा नासा नेपाल र सेफ एण्ड सस्टेनेबल ट्राभल नेपालले विरेन्द्रनगर नगरपालिका तथा सुर्खेत जिल्लाको अन्य खण्ड अन्तर्गत पर्ने ७५ किमि सडकको रोड सेफ्टी अडिट रिपोर्ट विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेका थिए ।

यसैगरीे जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र बुढाथोकीलाई राडर गन, ब्रेथलाइजर, ज्याकेट तथा अन्य सडक सुरक्षा सामाग्री प्रदान गरिएको नासा नेपालले जनाएको छ ।

कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश शाही, सडक डिभिजन सुर्खेत, मध्य पश्चिामाञ्चल विश्वविद्यायल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो । नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले रोड सेफ्टी अडिट प्रतिवेदनमा प्रस्तुत सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

सम्बन्धित समाचारहरू

सुर्खेतमा शुरु भयो सडक सुरक्षा अभियान

सुर्खेतमा शुरु भयो सडक सुरक्षा अभियान

सुर्खेत – भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयद्वारा गठित रोड...

नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने

नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने

काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...

आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक

आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक

काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...