बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्नो युवा तथा महिला सम्बन्धी रणनीति सार्वजनिक गरेको छ । नेपालमा विगत १२ वर्ष देखि मोटर/मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा कार्यरत उक्त संघले लामो छलफल र अध्ययन पश्चात सो रणनीति सार्वजनिक गरेको जनाएको छ ।
नासा नेपालले मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय संस्था एफआईएको युवा नीतिलाई आधार मानेर तयार गरिएको नासा नेपालको युवा नीतिमा मुलतः युवा क्लब तथा ग्रुप निर्माण गर्ने, कार्यक्रमहरुमा २० प्रतिशत युवाको ग्यारेन्टी, युवाका एजेन्डालाई योजना र कार्यक्रममा समावेश गर्ने, उमेर समूहमा आधारित कार्यक्रम संचालन गर्ने, संगठनका कमिटीमा युवाको सक्रिय सहभागिता तथा स्कुल र कलेज आधारित कार्यक्रमहरु, शिप सम्बन्धी तालिम र शिक्षा, बालिका र विशेष क्षेत्र आधारित कार्ययोजना हुने छन् ।
नेपालकै खेल संघ र अटोमोबाइल्स संघ संस्थामध्ये नासा नेपाल सम्भवतः युवा नीति सार्वजनिक गर्ने पहिलो संघ हुनुपर्छ । नीतिसँगै संघले ५ सदस्यीय युवा टिम समेत तयार गरेको छ ।
खेलकुददेखि पर्यटनसम्म, सडक सुरक्षा देखि मोटरसाइक्लिस्टको रक्षा समेतमा क्रियाशील नासा नेपालको यस कार्यले युवालाई नेतृत्व तहमा स्थापित गर्ने कार्यमा मद्दत पुग्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...