रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल
काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड...
काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सदस्य, खेलाडी, प्राविधिक तथा सम्पूर्ण अफिसियलहरुलाई अब सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्ना सेवाहरुमा विशेष छुट प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता कार्ड, ड्राइभिङ र राइडिङ लाइसेन्स, तथा इभेन्टका सहभागी अफिसियलको प्रमाणपत्र भएका सबैले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस सम्बन्धी सम्झौता पत्रमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सिद्धार्थ ग्रुपका निर्देशक दुर्गादत्त पन्तले हस्ताक्षर गरे। सम्झौता अनुसार, सिद्धार्थ ग्रुपका नेपालभर फैलिएका दुई दर्जनभन्दा बढी होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा नासा नेपालको प्रिभिलेज कार्ड मार्फत विशेष छुट उपलब्ध हुनेछ ।
यो सुविधा अन्तर्गत, सिद्घार्थ ग्रुपका सबै प्रकारका होटलहरुको रुम सर्भिस (बेड एण्ड ब्रेकफास्ट) मा २५ प्रतिशत, फुड एण्ड बेभरेज (खाना तथा पेय पदार्थ) मा १२ प्रतिशत छुट प्राप्त हुनेछ । साथै, सभा, समारोह तथा क्याटरिङ सेवामा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नासा नेपालकी टुरिजम कमिसनकी संयोजक कमला आचार्य, प्रशासन तथा मोबिलिटी म्यानेजर किरण धिताल तथा टुरमाण्डु नेपालका मिलन पन्त र सागर आचार्यको पनि उपस्थिति रहेको थियो । यस सम्झौताले दुवै संस्थाको संस्थागत र व्यावसायिक प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
यो छुट सुविधाबाट नेपाली मोटरस्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा संलग्न विभिन्न व्यक्ति, क्लब, कम्पनी तथा उनीहरुका परिवारका सदस्यहरुले समेत लाभ लिन सक्नेछन् ।
संघको टुरिजम कमिसनको समन्वयमा टुरमाण्डु नेपालले नासा नेपालको हस्पिटालिटी, ट्राभल टुरिजम, मोबिलिटी र सदस्य प्रिभिलेज लगायतका व्यवस्थाहरुको व्यवस्थापन गर्नेछ । यो सम्झौताले नेपाली अटोमोबाइल तथा खेलकुद क्षेत्रमा सिद्घार्थ ग्रुपको व्यवसायी छवि अझ वृद्घि हुने अपेक्षा गरिएको छ ।
नासा नेपालले भविष्यमा ट्राभल र टुरिजमका अन्य क्षेत्रमा समेत यस्तै किसिमका सम्झौताहरु गरी आफ्ना सदस्यहरुलाई थप सेवा सुविधा प्रदान गर्ने योजना बनाएको बताएको छ ।
काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड...
काठमाडौं – कुनै बेला कोलकाताबाट लण्डन सम्म जाने बस यात्राको सम्झनामा ९ जना...
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...