नासा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा मस्कुर अहमद

बुटवल – मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सेफ्टी क्षेत्रमा संलग्न युवाहरुको भेलाले नेपाल अटोमोबाइल्स एसोसिएसनको लुम्बिनी प्रदेश संघ गठन गरेको छ ।

एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोबिन्द भटराईको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद बिकास समितिका सदस्यसचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यता र नासा नेपालका प्रतिनिधि अनिल बरालको उपस्थितिमा सम्पन्न भेलाले व्यवसायी मस्कुर अहमदको अध्यक्षतामा १५ सदस्यीय प्रदेश संघ गठन गरेको छ ।

उक्त संघको उपाध्यक्षमा डा कृष्ण खरेल, दिनेश शर्मा र सुमन बस्याल रहेका छन् भने महासचिवमा राहुल कशौधन, कोषाध्यक्षमा वसिम अक्रम खान र सचिवमा ई कुशुम ज्ञवाली रहेका छन्।

त्यसैगरी संघका सदस्यहरुमा दिनेश श्रेष्ठ, सन्दिप कशौधन, डा अन्जनी बर्णवाल, विनय कशौधन, महेश शर्मा, नरेश ज्ञवाली रोशन जिसी र मिरा श्रेष्ठ रहेका छन्।

सल्लाहकारमा संकल्प श्रेष्ठ, वसन्त भण्डारी, ललित श्रेष्ठ, अपूर्व सिंह, मञ्जु गिरी, प्रशान्त कोइराला र प्रविना घिमिरे रहेका छन् ।

यसका साथै भेलाले आगामी साउन १३ गते काठमाडौमा आयोजना हुने नासाको साधारणसभाका लागि अध्यक्ष मस्कुर अहमद, उपाध्यक्ष दिनेश शर्मा, महासचिव राहुल कशौधन, वसिम अक्रम खान र प्रविना घिमिरेलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ।

सम्बन्धित समाचारहरू

आठौ युएन ग्लोबल रोड सेफ्टी विक मनाइँदै, नेपालमा हुने छन् यस्ता कार्यक्रम

आठौ युएन ग्लोबल रोड सेफ्टी विक मनाइँदै, नेपालमा हुने छन् यस्ता कार्यक्रम

सड़क सुरक्षा परिषद गठन, सड़क सुरक्षा सम्बन्धी नेसनल एक्सन प्लान घोषणा, रोड...

‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ हुने, प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुने

‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ हुने, प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी साउन १७ र १८ गते अर्थात...

ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली प्रारम्भ

ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली प्रारम्भ

काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...