सकियो नेपाल रेसर कप, राजकुमार र सन्दीप बने विजेता
काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न...
नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरिय ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै कम्तिमा एसियाली स्तरको इभेन्टमा प्रतिष्पर्धी र योग्य वनाउने उद्देश्यले यस किसिमको अभियान आयोजना गरिएको बताइएको छ । जहाँ मोटर तथा मोटरसाइकल, कार्ट्स र इ–रेसिङका एथलेट तथा अफिसियललाई छनोट गरी विदेशका ट्रयाक तथा तालिम केन्द्र पठाइन्छ ।
यस वर्ष नासा नेपालले एफआईएमसँगको सहयोगमा भारतमा, मोटर स्पोर्ट्स अष्ट्रेलिया र एफआईएको सहयोगमा मलेसियामा ग्रासरुट मोटर स्पोर्ट्स म्यानेजमेन्ट सम्बन्धी तालिममा सहभागी गराएको हो । मोटर स्पोर्ट्सको संयोजन मोटर स्पोर्ट्स मलेसिया र ई–स्पोर्ट्सका लागि सिलोन मोटर स्पोर्ट्स क्लबका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए । त्यसैगरी बैंगलोरमा अर्वानी ग्रिड सर्किटका प्रविधिकले प्रशिक्षण दिएका थिए ।
गत हप्ता मलेसियामा सहभागी भएको मोटर स्पोर्ट्सको टिम अस्ति मात्र नेपाल फर्केको छ । जसमा सुयोग खनाल, निरज खडका, मन्चन तिवारी, दयाराम न्यौपाने, भूषण कुमार श्रेष्ठ तथा जय मास्के रहेका छन् ।
मोटर स्पोर्ट्स नेपालको संयोजनमा नेपालका १० बाइक राइडर्सको टिम समेत हालै भारतको वैंगलोरमा तालिम लिई नेपाल फर्केको छ ।
मोेटरसाइकलको अन्तराष्ट्रिय महासंघ एफआईएमको आर्थिक तथा नासा नेपालको प्राविधिक सहयोगमा ८ जना राइडर तथा २ जना अफिसियल सोमा सहभागी थिए । जसमा विनोद तण्डुकार र आशिष रौनियार अफिसियल तथा अजय श्रेष्ठ, युकेश थापा, निशल रोक्का, सन्दीप घिमिरे, आशिष गुरुङ, अमन चौधरी, श्रीहरी पौडेल र फर्हान मोहम्मद राइडर रहेका थिए । जहाँ नेपाली राइडरहरुको प्रयोगात्मक परीक्षा समेत भएको थियो । साथै सोही ट्रयाकमा कार्ट्सको प्रतिष्पर्धा समेत गराइएको थियो ।
यो भन्दा पहिले मलेसियामा एएसएन क्लस्टर ट्रेनिङ अन्तर्गत अफिसियल, कम्युनिकेसन तथा ई–स्पोर्ट्स र इभेन्ट सेफ्टी तथा कार्ट्स गरी दुई विषयमा भएको तालिममा ५/५ जना नेपाली अफिसियलले भाग लिएका थिए ।
सन् २०२३ मा समेत नासा नेपालले भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरमा एक्स्पलोर द ट्रयाक अन्तरर्गत राइडर्स तथा ड्राइभरहरुलाई अवसर दिने बताएको छ ।
काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न...
पोखरा – पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न...
काठमाडौं – पोखरामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...